मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

डिसी नेपाल
४ कार्तिक २०८० ११:००

मकवानपुर। त्रिभुवन राजपथअन्तर्गत भैंसे-हेटौँडा सडकखण्डको बागझोरामा गए राति भैसेँबाट हेटौँडातर्फ आउँदै गरेको बा१७प २१८९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा भीमफेदी गाउँपालिका-१ बस्ने सुमिन लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

उक्त मोटरसाइकलको पछाडि सवार भीमफेदी-१ बस्ने रमन बस्नेत घाइते भएको र उहाँको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रनाउ भण्डारीले बताए। मोटरसाइकल सडकबाट करिब तीन सय मिटर तल खसेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *