गायक श्याम महर्जनको स्वरमा ‘माया हाम्रो’ सार्वजनिक
काठमाडाैं। नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका विनुसा राई र गायक श्याम महर्जनको स्वरमा रहेको ’माया हाम्रो’ गीतको भिडियो सार्वजनिक भएको छ।

श्याम मर्हजनको शब्द तथा संगीत एवम बलराम राजवंशीको गीतमा एरेन्ज रहेको गीतमा प्रेमील मनका जिवनका भोगाईहरुलाई समेटिएको छ।
मायामा भएका उत्साह र उमङ्ग साथै प्रेममा आइपर्ने असहज परिस्थितिलाई पनि गीतमा समेटिएको छ। जयेन्द्र कुवँरको छायाँकन तथा विजयराज भुर्तेलको सम्पादन तथा निर्देशन रहेको छ। गीतको गीतमा सागर गैरे र कोरल थापाको अभिनय देख्न सकिन्छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment