कविता : आशीर्वाद
मेरो मुस्कान तिमीलाई
मेरो सकारात्मक उर्जा तिमीलाई
मेरो हर खुसी तिमीलाई
मेरो आँट, सहास,माया
मेरो प्रार्थना पुकार
मेरो पूजा तिमीलाई
मेरो सारा बिश्वास छ तिमीलाई।
हाँसो पोखियोस मुहारमा
चम्कियोस ज्योति निधारमा
भरिपूर्ण बनोस् जीवन
प्राप्ति र कर्मले
बाधाहरु जीवनका
सहासले पेल्नुपर्छ
आफ्नो भाग्य आफ्नै हातले
रंग भरी लेख्नुपर्छ।
सुस्वास्थ,दीर्घायु हुनु
सफलताले शिखर छुनु
दुर्बल बिचार आए मनमा
जन्माएर उच्च बिचार त्यसलाई धुनु
बिचारहरु छर्नु हुन्न
समेटेर अघि बढनु
किताब मात्र होइन
कहिलेकाही जीवनहरु र
कहिलेकाही समाज पढ्नु
जीवनका उकाली ओरालोमा
कहिँकतै लड्यो भने
सहास बटुलि उठेर अघि बढ्नु
सधैंभरी मुस्कुराउनु यही छ आशीर्वाद।
No ads found for this position
प्रतिक्रिया


Facebook Comment