ग्वार्को फ्लाइओभर निर्माणप्रति संसदीय समितिको असन्तुष्टि

डिसी नेपाल
१३ कार्तिक २०८० १७:१८

काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभर निर्माणको कार्यप्रति संसदीय समितिले असन्तुष्टि जनाएको छ ।

xठेक्का सम्झौता भएको लामो समयहुँदा पनि निर्माण कार्यले गति लिन नसकेको भन्दै प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले असन्तुष्टि व्यक्त गरेको हो । सोमबार ग्वार्को फ्लाइओभर निर्माणको स्थलगत अवलोकन गर्दै समितिले कामको गति ढिला भएको समेत जनाएको छ ।

समिति सभापति दिपक बहादुर सिंहले फ्लाइओभर निर्माण कार्य हेर्दा समयमा नै सम्पन्न हुने नदेखिएको बताए । उनले समयमा नै आयोजना सम्पन्न गर्न सिफ्ट बढाएर काम गर्नुपर्ने जिकिर गरे ।

सभापति सिंहले कोटेश्वर–सातदोबाटो–कलंकी सडक खण्ड भई ओहोरदोहोर गर्ने यात्रुले दैनिक सास्ती बेहार्नुपरेको र घण्टौं ट्राफिक जाम हुँदा समयमै गन्तव्यमा पुग्न समस्या देखिएकाले सरकार र सम्बन्धी ठेकेदारसंग छलफल गरेर आवश्यक निर्देशन दिने बताए ।

ललितपुरको बालकुमारीतर्फ ३२० मिटर र सातदोवाटोतर्फ १८५ मिटरको र्याम्प सहित ग्वार्को फ्लाइओभर निर्माण भइरहेको छ । त्यस्तै समितिले सोमबार नै कलंकी बसुन्धरा सडक विस्तार आयोजनाको पनि स्थलगत निरिक्षण गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *