आशिष, पवित्रा र नितुले ल्याए तिहार गीत ‘झिलीमिली’

डिसी नेपाल
१५ कार्तिक २०८० १०:५०
636
Shares

काठमाडौं। नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिँदै गर्दा गायक आशिष रायमाझी, गायिका पवित्रा गुरुङ र गायिका नितु पुनको स्वरमा रहेको ‘झिलीमिली’ बोलको म्युजिक भिडियो सार्वजनिक छ। यस गीतमा स्वयम गायक रायमाझीको शब्द, संगीत र संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा गायक रायमाझी, पवित्रा गुरुङ, नितु पुन , प्रजिना गुरुङ र टिमको अभिनय रहेको छ। सनम तामाङले छायाँकन गरेको यस गीतको भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन्। विजय मगरको निर्देशनमा भिडियो तयार पारिएको हो।

गायक रायमाझी ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ मा टप १० मा पर्न सफल प्रतियोगी हुन् । यसअघि उनले ‘सपनीमा’, ‘मोहनी’, लगायत गीत तथा म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन्।

‘द भ्वाइस अफ नेपाल’ का यसअघिका सिजनमा पवित्रा र नितुले समेत सहभागिता जनाएका थिए। ‘झिलीमिली’ बोलको म्युजिक भिडियो गायक रायमाझीको युट्युव च्यानल ‘आशिष रायमाझी’ मार्फत सार्वजनिक गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

One thought on “आशिष, पवित्रा र नितुले ल्याए तिहार गीत ‘झिलीमिली’

  1. आहा धेरै राम्रो मिठो छ गित त्यहीं भावुक त्यहीं रमाइलो बनाउने खाल्को गित बनेको रहेछ संपूर्ण टिमलाई हार्दिक बधाई शुभ कामना छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *