इजरायलले लगातार बम बर्साइरहेको गरिरहेको उत्तरी गाजामा अझै ४ लाख जनता बस्दै
काठमाडौं । अमेरिकी विशेष राजदूत डेभिड सेटरफिल्डले गाजाको उत्तरी क्षेत्रमा अझै चार लाख मानिस रहेको बताएका छन् ।
विगत केही सातादेखि इजरायलले यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई यो ठाउँ खाली गर्न र दक्षिणतर्फको कथित सुरक्षित क्षेत्रमा जान आग्रह गरिरहेको छ।
गत अक्टोबर ७ देखि इजरायली सेनाले उत्तरी भागमा लगातार आक्रमण गरिरहेको छ । इजरायली लडाकु विमानहरूले बम वर्षा गरिरहेका छन् र यस क्षेत्रमा भूमिगत अपरेसनहरू पनि चलिरहेका छन्। तर, इजरायली विमानहरूले दक्षिणी भागलाई पनि निशाना बनाएका थिए।
सेटरफिल्डले शनिबार बिहान जोर्डनको राजधानी अम्मानमा पत्रकारहरूसँग कुरा गर्दै पछिल्लो अवस्थाका बारेमा जानकारी दिए।
सेटरफिल्डले भने, “आठदेखि दश लाख मानिसहरू दक्षिणतिर सरेका छन्, जबकि साढे तीनदेखि चार लाख मानिसहरू उत्तरमा बसोबास गरिरहेका छन्।”
No ads found for this position

डिसी नेपाल
Facebook Comment