भूकम्प प्रभावितलाई १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भरतपुर महानगरको निर्णय

डिसी नेपाल
१९ कार्तिक २०८० १३:५७

चितवन। भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि रु १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

आईतबार बसेको ८७ औँ कार्यपालिका बैठकले सो निर्णय गरेको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिइन्।

भूकम्प प्रभावित क्षेत्रमा खोज,उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनः निर्माण लगायतका कार्यमा सहयोग पु¥याउन महानगरले  प्रधानमन्त्री दैवी प्रकोप उद्धार  कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।

जम्मा हुने सहयोग जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृतस्तरका कर्मचारीको ५ दिनको तलब, सहायकस्तरसम्मका कर्मचारीको ३ दिनको तलब, मावि शिक्षकको ३ दिनको तलब, आधारभूत तहका शिक्षकको २ तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट हुने गरी मिलाइएको छ।

प्रमुख दाहालले भूकम्प प्रभावितलाई नगद, जिन्सी तथा खाद्ययान्न सहयोगका लागि सम्पूर्ण भरतपुरबासीलाई आह्वान गरेकी छिन्।

शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुममा ठूलो जनधनको क्षती भएको छ।

भूकम्पको केन्द्रबिन्दु आसपास रहेका जाजरकोट, रुकुम लगायतका जिल्लाका धेरै कच्ची घरहरू भत्किएका छन्। मानवीय क्षतिसँगै पशुचौपाया र भौतिक संरचनामा क्षति पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *