बन्धकहरूको रिहाइको शर्त पनि समावेश गरिए इजरायल युद्धबिराममा सहमत हुन सक्ने
काठमाडौं । इजरायलले आफू तथाकथित मानवीय आधारमा युद्धविरामको सम्भावनाको लागि खुला रहने तर यसमा “बन्धकहरूको रिहाई”को शर्त पनि समावेश हुनुपर्ने बताएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका वरिष्ठ सल्लाहकार मार्क रेगेभले भने, “हामी विश्वास गर्छौं कि कुनै पनि युद्धविराम सम्झौतामा बन्धकहरूको रिहाई समावेश हुनुपर्छ।”
बीबीसी संवाददाता लिसे डुसेटले गाजामा इजरायली हवाई हमलामा ६० जना बन्धक मारिएको हमासको दाबीबारे रेगेभलाई प्रश्न गरिन्।
जवाफमा रेगेभले भने, “म यसको पुष्टि गर्न सक्दिन। मलाई विश्वास छ कि यो हमासको प्रचारको एक हिस्सा हो। तिनीहरूले हामीले उनीहरूमाथि आक्रमण गर्न बन्द गरौं भन्ने चाहन्छन् । त्यसैले तिनीहरूले हाम्रा मानिसलाई मार्न थालेको खबर फैलाएका छन् । तिनीहरूले हामीले यो विश्वास गरौं भन्ने चाहन्छन्… यो स्पष्ट रूपमा सत्य होइन।”
यसअघि रमल्लाहमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको भेटमा प्यालेस्टाइनी प्राधिकरणका अध्यक्ष महमूद अब्बासले गाजामा युद्धविराममा जोड दिन माग गरेका थिए।
त्यसपछि ब्लिन्केनले अमेरिकाको अडान दोहोर्याउँदै यसबाट हमासलाई मात्र फाइदा हुने बताए । हिंसा रोक्न र गाजाको भविष्यका बारेमा पनि दुवैबीच छलफल भएको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment