भाजपाको महिला मोर्चाकी नेतामथि अर्की महिलाको नाक काटेको आरोप, प्रहरीमा मुद्दा दर्ता

डिसी नेपाल
२० कार्तिक २०८० १४:२१
36
Shares

काठमाडौं । आसामको कछार जिल्लामा जग्गाको विवादमा एक महिलाले आफ्नी दिदीको नाक काटेको आरोप लागेको छ ।

आरोप लाग्ने महिलाको पहिचान टिंकु पल रहेको छ । जबकि पीडित महिलाको सिल्चर मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको र उनको नाम रिंकु नाथ रहेको बताइएको छ ।

टिंकु पल काछार जिल्लाको भाजपा महिला किसान मोर्चाकी उपाध्यक्ष रहेको बताइएको छ । उनले आफ्नो फेसबुक खातामा आफूलाई काछार जिल्लाको भाजपा किसान मोर्चाको उपाध्यक्ष पनि लेखेकी छिन् ।

यस सम्बन्धमा रङ्गिरखारी प्रहरी चौकीमा उजुरी दर्ता भएको छ ।

रङ्गिरखारी प्रहरी चौकी इन्चार्ज हिमाक्षी नाथले बीबीसीलाई भने, “सम्पत्तिलाई लिएर तीन दिदीबहिनीबीच झगडा भएको थियो। आमाको नाममा केही जग्गा छ। मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ।”

लामो समयदेखि बराक उपत्यकामा पत्रकारिता गर्दै आएका बप्पी आचार्जीका अनुसार महिलाका श्रीमान यसअघि वडा कमिश्नर रहिसकेका छन् । उनी केही वर्षदेखि भाजपामा छन् ।

यस प्रकरणमा अहिलेसम्म कोही पक्राउ परेका छैनन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *