उत्तरी इजरायलमा लेबनानबाट मिसाइल आक्रमणमा धेरै घाइते, इजरायली सेनाले जवाफ दियो
काठमाडौं । इजरायली सेनाले लेबनानबाट प्रहार गरेको मिसाइल आक्रमणमा उत्तरी इजरायलमा धेरै मानिस घाइते भएको बताएको छ । घटनास्थलको भिडियोमा कैयौं गाडीमा आगो लागेको देखिन्छ ।
यद्यपि यो भिडियोको स्वतन्त्र रूपमा पुष्टि भने भएको छैन । इजरायली सेनाले जवाफी कारबाही गरिरहेको बताएको छ ।
दक्षिणी लेबनानमा गएराति संयुक्त राष्ट्र सुरक्षा बलका एक सदस्यमाथि गोली प्रहार भएको छ । यी सिपाही घाइते छन् । इजरायल र हमासबीचको पछिल्लो युद्ध सुरु भएदेखि नै उत्तरी इजरायल र लेबनानको सिमानामा लगातार झडप भइरहेको छ।
इरानको समर्थन प्राप्त शक्तिशाली शिया समूह हिजबुल्लाहले इजरायलमाथि लगातार आक्रमण गरिरहेको छ । शनिबारको आफ्नो भाषणमा हमास नेता हसन नसरल्लाहले हिजबुल्लाहको आक्रमणलाई अझ तीव्र पार्ने संकेत गरेका थिए।
यसैबीच, इजरायलका रक्षामन्त्री योभ गालान्टले हिजबुल्लाहको गल्तीले लेबनानमा युद्ध ल्याउने चेतावनी दिएका छन्।







डिसी नेपाल







Facebook Comment