अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना, पाँच सैनिकको मृत्यु

डिसी नेपाल
२७ कार्तिक २०८० १२:४५
136
Shares

काठमाडौं । अमेरिकी सेनाले पूर्वी भूमध्यसागरमा भएको हेलिकप्टर दुर्घटनामा आफ्ना पाँच सैनिकको मृत्यु भएको जनाएको छ ।

अमेरिकी सेनाका अनुसार यो हेलिकप्टर नियमित प्रशिक्षण अभ्यासका क्रममा इन्धन भर्ने क्रममा दुर्घटनामा परेको थियो ।

इजरायल र हमासबीच युद्ध सुरु भएदेखि नै अमेरिकाले यस क्षेत्रमा आफ्नो गतिविधि बढाएको छ।

सामाजिक सञ्जाल साइट ‘एक्स’ मा श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपति बाइडेनले लेखेका छन्, “भूमध्यसागरमा प्रशिक्षण अभियानको क्रममा विमान दुर्घटनामा परी मृत्यु भएका पाँच अमेरिकी सैनिकको मृत्युप्रति जिल र म शोक व्यक्त गर्दछौं।”

“हामी उनीहरूको परिवार र साथीहरूका लागि प्रार्थना गरिरहेका छौं जसले एक बहुमूल्य प्रियजन गुमाएका छन् । हाम्रो सिङ्गो देश उनीहरुको दुखमा सहभागी छ ।”

तर, सेनाको विज्ञप्तिमा हेलिकप्टर कहाँबाट उडेको वा कहाँ दुर्घटना भएको हो भन्ने उल्लेख गरिएको छैन ।

गत महिना अमेरिकाले पूर्वी भूमध्यसागरमा धेरै साना जहाज र लडाकू विमानहरू सहित दुई विमान वाहकहरू तैनाथ गरेको थियो।

इजरायल र गाजाबीच युद्ध सुरु भएपछि अमेरिकाले आफ्ना छिमेकीहरूलाई यो युद्धमा संलग्न हुन नदिन यो तैनाथ गरेको हो ।

प्यालेस्टाइनको तर्फबाट इरान र लेबनानको हिजबुल्लाह यस युद्धमा सामेल भएको अमेरिका चाहँदैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *