गीत : तिमी म बिनै पनि बाँच्न सक्छौ…

सुरेश राई
९ मंसिर २०८० ७:२५

यो संसार यति धेरै सुन्दर छ कि
तिमी म बिनै पनि बाँच्न सक्छौ
नयाँनयाँ सपनाहरुको सहारामा
तिमी म बिनै पनि हाँस्न सक्छौ
कोसिस गरेर हेर्नू तिमी, मुस्कुराई हेर्नू
बाँधेको थेँ कहीँ भने, धक फुकाई जिउनू।

इर्ष्या मलाई लाग्न सक्छ त्यहाँ,
देखेर तिमी एक्लै बाँचेको
इर्ष्या जाबोको के अर्थ छ र!
न जिउँदो मान्छेको न मरेकोको।

यो संसार यति धेरै सुन्दर छ कि
तिमी मबिनै पनि बाँच्न सक्छौ…

भनियो होला त्यो कुनै बेला
सँगै बाँचौला सँगै मरौंला
के शक्ति रै’छ र, हाम्रो बोलीको
न अहिले आजको, न भरै भोलिको।

यो संसार यति धेरै सुन्दर छ कि
तिमी मबिनै पनि बाँच्न सक्छौ….




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *