बन्धकहरुको तेस्रो समूह रिहा, हालसम्म ४७ इजरायली र ११७ प्यालेस्टायनी कैदी रिहा

डिसी नेपाल
११ मंसिर २०८० ६:५३
124
Shares

काठमाडौं। हमासले बन्धकहरुको तेस्रो समूह मुक्त गरेको छ। यसरी रिहा हुनेमा १४ इजराइली र तीन विदेशी नागरिक गरी १७ जना रहेका छन्। पछिल्लो पटक रिहा हुनेमा इजरायली र अमेरिकी नागरिकताधारी चार वर्षीया बालिका अबिगाली आइडन समेत रहेकी छन्।

बन्दी साटफेरको सम्झौता बमोजिम इजराइलले पनि थप ३९ जना प्यालेस्टायनी बन्दीहरुलाई रिहा गरेको छ। इजरायली कारगार सेवाका अनुसार इजरायलले जेलमा रहेका प्यालेस्टायनी बन्दी मध्ये हालसम्म १ सय १७ जनालाई रिहा गरिसकिएको छ।

यसैगरी हमासले पनि तीन पटक गरी हालसम्म ४७ जनालाई मुक्त गरिसकेको छ । चार दिने अस्थायी युद्ध विराम र बन्दी साटफेरको सम्झौता गरेका इजरायल र हमासले ५० जना इजरायली बन्धक रिहा गर्ने र त्यसको बदला इजरायलको जेलमा रहेका १ सय ५० जना कैदी रिहा गर्ने सम्झौता गरेका थिए।

सम्झौता बमोजिम ३ जना इजराइली बन्दी रिहा हुन र ३३ जना प्यालेस्टायनी कैदी रिहा हुन बाँकी छन्। युद्ध विरामको अवधि सकिन लाग्दा हमासको कब्जामा रहेका अन्य बन्धकहरुमा त्रास र अन्यौलता बढेको छ।

कतारको मध्यस्ततामा युद्ध विराम गरेका इजरायल र हमासलाई युद्ध विरामको अवधि थप गरी अन्यलाई पनि रिहा गर्नुपर्ने दवाब छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *