उत्तरकाशी सुरुङमा १५ दिनदेखि फसेका ४१ मजदुरलाई निकाल्न उद्धार टोलीले थाल्यो ठाडो ड्रिलिंग

डिसी नेपाल
११ मंसिर २०८० १३:०६

काठमाडौं । उत्तरकाशीको सिल्कियारा सुरुङमा फसेका ४१ जना मजदुरको उद्दारका लागि भइरहेको तेर्सो ड्रिलिङमा लगातार तीन दिन समस्या परेपछि अहिले उद्दारका लागि ठाडो ड्रिलिङ भइरहेको छ ।

आइतबारसम्म १९ दशमलव ५ मिटर ड्रिलिङ सम्पन्न भएको छ । उद्धार टोलीले ८६ मिटरको ठाडो ड्रिलिंग गर्नुपर्छ । यदि कुनै अवरोधहरू उत्पन्न भएन भने यो गर्न १०० घण्टा लाग्छ।

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका सदस्य सेवानिवृत्त लेफ्टिनेन्ट जनरल सैयद अता हुसैनले भने, “हामीसँग जम्मा छवटा योजनाहरू छन्। तीमध्ये केहीको काम भइरहेको छ, केही दिनमा काम सुरु हुनेछ ।”

“अपरेसन कहिल्यै रोकिएको छैन। हामी निरन्तर काम गरिरहेका छौं। तेर्सो ड्रिलिङको क्रममा औगर मेसिन ४७ मिटर गहिराइमा फसेको थियो। अहिले उक्त मेसिनलाई भत्काएर बाहिर ल्याइँदैछ। यी मेसिनका टुक्राहरू ३४ मिटरसम्म तानिएको छ र १३ वटा मिटर बाँकी छ। यो गरिसकेपछि, एनडीआरएफ टोली भित्र जानेछ ४७ मिटरभन्दा अगाडिको बाटो म्यानुअल रूपमा खन्ने छ।”

अब सेनाले पनि यस विषयमा काम सुरु गरेको छ। सैयद अता हुसैनले सेनाको कोर्प्स अफ इन्जिनियर्सको हिस्सा रहेको मद्रास सेपर्सको युनिटले अब अपरेशनमा सहयोग गर्ने बताए । सुरुङमा ४१ जना कामदार फसेको आज १५ औं दिन हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *