बंगलादेश क्रिकेट टोलीका कप्तान शकिब अल हसनले सांसदको चुनाव लड्ने

डिसी नेपाल
११ मंसिर २०८० १३:४५

काठमाडौं । बंगलादेश क्रिकेट टिमका कप्तान शकिब अल हसन चुनावी राजनीतिमा लागेका छन् ।

उनलाई सत्तारुढ दल अवामी लिगले गृह जिल्ला मगुरा–१ बाट संसदीय निर्वाचनमा उम्मेदवारका लागि छनोट गरेको छ ।

ढाका ट्रिब्यूनका अनुसार अवामी लिगका महासचिव ओबैदुल कादेरले आइतबार पत्रकार सम्मेलन गरी यो घोषणा गरेका हुन् ।

यसअघि बंगलादेशका पूर्व कप्तान मशरफे मोर्तजाले गत निर्वाचनमा नराइलबाट उम्मेदवारी दिएका थिए र विजयी भएर सांसद बनेका थिए ।

मशरफे सधैं आफ्नो गृह राज्यमा सामुदायिक कार्यमा संलग्न थिए, तर शकिबको बारेमा भनिन्छ कि उनी त्यस्तो सामाजिक कामको हिस्सा कहिल्यै थिएनन्।

बंगलादेशमा क्रिकेट र राजनीतिको सम्बन्ध गहिरो र पुरानो छ, शकिब र मशरफे बाहेक बीसीबीका अध्यक्ष नजमुल हसनले पनि चुनाव लडे र सन् २००९ मा सांसद बने र अहिले पनि सांसद नै छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *