अमेरिकामा प्यालेस्टिनी विद्यार्थीलाई गोली हान्ने व्यक्तिबारे जानकारी दिनेलाई पुरस्कार दिइने
काठमाडौं । अमेरिकाको एक विश्वविद्यालयमा तीन प्यालेस्टिनी विद्यार्थीलाई गोली हानेको व्यक्तिको बारेमा जानकारी दिनेलाई १० हजार अमेरिकी डलर पुरस्कार दिइनेछ।
यो पुरस्कार मुस्लिम नागरिक अधिकारका लागि काम गर्ने अमेरिकी समूहले घोषणा गरेको हो ।
अमेरिकी-इस्लामिक सम्बन्ध काउन्सिल (सीएआईआर) ले प्रशासनलाई यो गोलीबारीको सम्भावित ‘पूर्वाग्रहको कारण’ छानबिन गर्न अपील गरेको छ। यो समूहको दाबी छ कि ‘मुस्लिम विरोधी र प्यालेस्टाइन विरोधी घृणामा अभूतपूर्व वृद्धि भएको छ।’
बर्लिङ्गटन पुलिसका अनुसार हिशाम अवर्तानी, ताहसिन अहमद र किनान अब्देलहामिदलाई भर्मन्ट विश्वविद्यालयको क्याम्पस नजिकै एक व्यक्तिले गोली हानेको थियो जब उनीहरू आफ्नो परिवारसँग डिनर गरिरहेका थिए।
आक्रमणको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् तर आक्रमण गर्दा उनीहरूले काफिया (परम्परागत स्कार्फ) लगाएका थिए र अरबी भाषा बोलिरहेका थिए।
बर्लिङ्गटनका प्रहरी प्रमुख जोन मूरले दुई जनाको अवस्था स्थिर रहेको र तेस्रो गम्भीर घाइते भएको बताएका छन् । प्रहरी अभियुक्तको खोजीमा व्यस्त छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment