एलन मस्कले युद्धग्रस्त इजरायल र गाजामा स्टारलिंक इन्टरनेट सेवा दिने

डिसी नेपाल
१२ मंसिर २०८० १५:२०

काठमाडौं । इजरायल र गाजामा स्टारलिङ्क इन्टरनेट सञ्चालनका लागि एलन मस्क र इजरायली सञ्चार मन्त्रालयबीच सम्झौता भएको छ।

यो सम्झौता अन्तर्गत एलन मस्कले स्टारलिंक मार्फत इजरायल र गाजा स्ट्रिपमा इन्टरनेट उपलब्ध गराउनेछन् । इजरायलका सञ्चारमन्त्री श्लोमो कार्हीले सामाजिक सञ्जालमा यसबारे जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘यस सम्झौता अन्तर्गत स्टारलिंक स्याटेलाइट एकाइहरू इजरायल र गाजा पट्टीमा सञ्चालन गर्न सकिन्छ। हमास र आईएसआईएससँगको युद्धको बीचमा यो सम्झौता राम्रो संसार चाहनेहरूका लागि महत्त्वपूर्ण छ। म तपाईंलाई इजरायलमा स्वागत गर्दछु।’

यसअघि बुधबार नोभेम्बर २२ मा मस्कले आफ्नो सोशल मिडिया प्लेटफर्म एक्सको विज्ञापन र सदस्यता राजस्ववापत जम्मा भएको रकम दान गर्ने घोषणा गरेका थिए। यद्यपि उनले गाजा र इजरायली अस्पतालहरूलाई चन्दा दिने रकम कति हुन्छ भन्ने खुलाएका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *