न्यूजिल्याण्डको नयाँ सरकारले सुर्ती र चुरोटमाथिको प्रतिबन्ध हटाउने

डिसी नेपाल
१२ मंसिर २०८० १६:०१

काठमाडौं । न्यूजिल्याण्डको नयाँ सरकारले सुर्ती र चुरोटमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । यसले जनतालाई करमा छुट दिने सरकारको भनाइ छ ।

एक वर्षअघि डिसेम्बर २०२२ मा सुर्ती र चुरोटमा प्रतिबन्ध लगाउने गरी ‘धुम्रपान मुक्त वातावरण ऐन’ न्यूजिल्याण्डको संसदमा पारित भएको थियो। यसअन्तर्गत सन् २००८ पछि जन्मिएका व्यक्तिले कुनै पनि किसिमको धुम्रपान उत्पादन किन्न पाउँदैनथे ।

अब न्यूजिल्याण्डको नयाँ सरकारले सुर्ती र चुरोटमाथि प्रतिबन्ध लगाउने यो कानूनलाई खारेज गर्ने ‘द गार्डियन’को रिपोर्टमा जनाइएको छ ।

न्युजिल्याण्डको चिकित्सक संघ र स्वास्थ्य विज्ञहरुले सरकारको यो कदमको आलोचना गरेका छन् । ओटागो विश्वविद्यालयका प्रोफेसर रिचर्ड एडवर्ड्सले भने- ‘हामी स्तब्ध र निराश छौं। यो देशलाई पछाडि पार्ने कदम हो ।’

न्युजिल्यान्ड सरकारले देशलाई चुरोट र सुर्तिजन्य पदार्थबाट मुक्त गर्न चाहेको हुनाले यो कानुन बनाइएको हो । न्यूजिल्याण्डकी तत्कालीन स्वास्थ्य मन्त्री आयशा भेरलले यो विधेयक संसदमा पेश गरेकी थिइन् ।

उनले यसलाई ‘धूम्रपानमुक्त भविष्य’तर्फको कदम भनेकी थिइन् । उनले भनेकी थिइन् – ‘अब हजारौं मानिसले लामो र राम्रो जीवन बाँच्नेछन्। धुम्रपानका कारण मानिसलाई लाग्ने रोग लाग्दैन । यसले न्यूजिल्याण्डको स्वास्थ्य प्रणालीलाई ३.२ अमेरिकी डलर बचत गर्नेछ।’

न्यूजिल्यान्ड सबैभन्दा कम धुम्रपान गर्ने देशमा पर्छ । सरकारी तथ्यांकअनुसार त्यहाँ दैनिक ८ प्रतिशतले मात्र धुम्रपान गर्छन् । गत वर्ष यो संख्या ९.४ प्रतिशत थियो । कानून पारित गर्दा धुम्रपान मुक्त वातावरण विधेयक पारित भएमा धुम्रपान गर्नेको संख्या ५ प्रतिशतले घट्ने अपेक्षा गरिएको थियो । हरेक वर्ष सुर्ती किन्नेको संख्या घट्दै गएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *