विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पूर्जी जारी

डिसी नेपाल
१८ मंसिर २०८० १७:४५

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

अदालतले सोमबार उनीहरुविरुद्ध ४ वर्षअघि दायर भएको राज्यविरुद्धको कसुरको मुद्दामा ३५ दिनको पक्राउ पुर्जी जारी गरेको हो । नेकपाका महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा, माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीको नाममा अदालतमा उपस्थित हुन सूचनामा भनिएको छ ।

उनीहरुविरुद्ध २०७६ साल असोज ९ गते मुद्दा दायर भएको थियो । उनीहरुले संघीय इकाइहरुबीच तथा विभिन्न जातजाति वा सम्प्रदायबीचको सम्वन्धमा खलल पारेर राज्यविरुद्ध कसुर गरेको अभियोग लगाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *