एकीकृत समाजवादीले पार्टीको महाधिवेशन सार्ने

डिसी नेपाल
१८ मंसिर २०८० १९:३१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीको महाधिवेशन सार्ने तयारी गरेको छ ।

पार्टी कार्यालयमा सोमबार बसेको समाजवादीको सचिवालय बैठकमा जाजरकोट भूकम्पका कारण कारण तयारी गर्न नपाएको र राष्ट्रियसभा निर्वाचन समेत आइरहेकाले पार्टीको महाधिवेशनको मिति परिवर्तन गर्ने विषयमा छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

आगामी माघ १४ देखि १८ सम्म महाधिवेशन तय गरेपनि विभिन्न कारणले तयारी गर्न नसकिएको उनले बताए । उनले सचिवालयको बैठक मंगलबार पुनः बस्ने र महाधिवेशनका विषयमा आवश्यक निर्णय लिइने जिकिर गरे ।

त्यस्तै सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरिएको उनले जानकारी दिए । बैठकमा राष्ट्रिय राजनीतिक, पार्टीको आन्तरिक संरचना, आगामी कार्ययोजना लगाएतका विषयमा समेत छलफल भएको उनको भनाइ छ ।

बैठकपछि नेकपा समाजवादीका सम्मानीत नेता झलनाथ खनालले महाधिवेशन लगाएत सबै बिषयमा छलफल भएको र मंगलबार आवश्यक निर्णयमा पुगिने बताए । उनले लोकतन्त्रमा विरोध हुनु सामान्य भएकाले ठूलो घटनाका रुपमा लिन नहुने बताए । उनले व्यवस्था बदलिएपनि जनताको अवस्था नफेरिएकाले नयाँ ढंगले जान समाजवादी तयार रहेको धारणा राखे ।

उनले एनसेनको सेयर बिक्रि गर्ने बिषय निकै गम्भीर रहेको जिकिर गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *