एनिमलको टक्करमा परेको ‘सामबहादुर’को दोस्रो साताको कमाइ बढी

डिसी नेपाल
२५ मंसिर २०८० १०:०७
3.7k
Shares

मुम्बइ। विक्की कौशलको पछिल्लो रिलिज फिल्म ‘साम बहादुर’ रणवीर कपूरको ‘एनिमल’सँगै थिएटरमा रिलिज भएको हो।

रिलिज भएदेखि नै ‘एनिमल’ ले बक्स अफिसमा ठूला कीर्तिमान बनाइरहेको छ भने सामबहादुरले पनि बक्स अफिसमा आफ्नो पकड कायम राख्ने कोशिश गरिररहेको छ।

पहिलो सातापछि ‘सामबहादुर’को कमाईमा उल्लेख्य गिरावट आए पनि दोस्रो साताको अन्त्यमा फिल्मको कमाईमा उछाल आएको छ र ५० करोडको आँकडा पार गरेको छ। ‘साम ‘बहादुर’ले रिलिजको दशौं दिनमा पुग्दा ५० करोड कमाएको छ।

‘सामबहादुर’ मा विक्की कौशलले मुख्य भूमिका निर्वाह गरेका छन्। यो फिल्म देशका प्रथम फिल्ड मार्शल साम मानेकशको जीवनमा आधारित छ। विक्की कौशलको ‘साम बहादुर’ले रिलिजको पहिलो दिनदेखि नै रणवीर कपूरको ‘एनिमल’सँग कडा प्रतिस्पर्धा गरेकाले ‘साम बहादुर’को कमाईमा ठूलो असर परेको थियो।

फिल्मको कमाईको कुरा गर्दा ‘साम बहादुर’ ले रिलिजको पहिलो साता ३८ करोड ८८ लाख रुपैयाँ कमाएको थियो भने दोस्रो साता ‘सामबहादुर’को कमाई बढेको छ।

फिल्मले दोस्रो शुक्रबार साढे तीन करोड कमाएको छ। दोस्रो शनिबार ‘सामबहादुर’को कमाईमा ९२ दशमलव ८६ प्रतिशतले वृद्धि भई ६ करोड ७५ लाख रुपैयाँ कमाएको छ । अब ‘सामबहादुर’को रिलिजको दोस्रो आइतबार अर्थात् १० औं दिनको कमाईको प्रारम्भिक तथ्यांक आएको छ।

सक्कनिल्कको प्रारम्भिक ट्रेन्ड रिपोर्ट अनुसार ‘सामबहादुर’ ले रिलिजको १० औं दिन अर्थात् दोस्रो आइतबार साढे सात करोडको व्यापार गरेको छ। यो सँगै ‘सामबहादुर’ले रिलिजको १० दिनसम्ममा पुग्दा ५६ करोड ५५ लाखको व्यापार गरेको छ।

‘सामबहादुर’ रिलिजको पहिलो दिनदेखि नै एनिमलको आँधीको सामना गरिरहेको छ । फिल्मको कमाईको गति निस्सन्देह सुस्त थियो तर विक्की कौशलको फिल्मले रिलिजको १० दिनमा ५० करोडभन्दा बढी कलेक्सन गरेर नयाँ रेकर्ड बनाएको छ। अब यो फिल्म १०० करोडको आँकडा छुनतर्फ अघि बढिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *