दीपक मनाङेको ‘कंगारु’मा अर्पणको प्रवेश
काठमाडौं। साम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’मा कलाकारको लानअप बलियो बन्दै गएको छ। राजिव गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्ममा केही दिन अघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले साइन गरेका थिए।
केदारको प्रवेशसँगै फिल्मको अर्को प्रमुख पात्रमा अर्पण थापाले पनि साइन गरेका छन् । थापा र यो फिल्मको निर्माण पक्षबिच आज औपचारिक रूपमा सम्झौता भएको हो ।
यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको छ । यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएको थियो ।
फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा छन् ।
फिल्मको सह–निर्मातामा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ छन् । टीका भण्डारी र सन्तोष अधिकारी९अष्ट्रेलीया० कार्यकारी निर्माता रहेको फिल्मको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्टअष्ट्रेलीया० रहेको छ ।
फिल्ममा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा छ । फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स यूकेले पनि सहकार्य गरेको छ । फिल्मका प्रोडक्सन डिजाइनर दिलीप पन्त छन् ।
निर्देशक बस्नेतले कंगारुमा केही फरक कथा भन्न मन लागेको र दर्शकले फरक स्वादमा हेर्न पाउने बताएका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment