फेरि सुझाव मेयर बालेनलाई

खगेन्द्रराज सिटौला
२ पुष २०८० ७:४३

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका सकारात्मक पक्ष नै धेरै छन्। कार्यकाल सकिदा सम्ममा जनताले लामो समयसम्म सम्झने के कस्ता काम उनको नेतृत्वमा रहेको कामनपाले गर्छ त्यो भविश्यले नै बताउला।

मेयर बालेनको नेतृत्वमा रहेको कामनपाले अरु धेरै राम्रा कामहरु गरोस् भनेर कामना गर्नु पर्दछ सबै नेपालीले। अझ कामनपाका मतदाताले त झन धेरै गर्नु पर्दछ।

नेपाली नागरिक तथा कामनपाको अझ मेयर बालेनको मतदाता समेत भएकोले पंक्तिकारले कामनपालाई लेखमार्फत सार्वजनिक रुपमा केही सुझाव अघि सार्न अग्रसर भएको छु।

परम्परागत रुपमा विकास भनेको भवन, सडक, बाटो, पुल, कुलो, ढल खानेपानी, हवाइमैदान, खेलमैदान, रेलमार्ग बसपार्क, मनोरञ्जन पार्क आदि भौतिक निर्माणलाई नै विकास बुझिँदै आएको छ। यी निश्चयनै भौतिक विकास विकासका सुचकहरु हुन् नै।

आम जनता र जनताका प्रतिनिधिहरु समेतको विकास भनेको यस्तै भौतिक रुपले चिनिने वा देखिनेलाई मात्र विकास हो भन्ने मान्यता विकसित भएको पाइन्छ। तर विकासका पाटाहरु धेरै छन्। विकासलाई अनेक कोणबाट हेर्नु र बुझ्नु पर्दछ।

भौतिक विकासभन्दा पृथक केही बौद्धिक, केही सांस्कृतिक, केही स्वदेशवादी आर्थिक तथा केहि राष्ट्रियता सुदृढका विकासका सुझावहरु मेयर बालेन तथा कामनपालाई दिनु उचित नै भएकोले यस्ता केही सुझावहरु अघि सारिएको छ।

श्रृजना पनि आफैंमा एउटा विकासको पाटो र बाटो हो। यसलाई पनि विकास नै बुझ्नु पर्दछ। श्रृजनाको क्षेत्रलाई पनि विकासको एउटा महत्वपूर्ण अंग सम्झेर यसलाई पनि विकासको एउटै डालोमा हालेर एकसाथ बढाएर लैजानु पर्दछ।

विगतमा यस्तो बुझाई भएको पाइएन र राज्यका निकायहरुले यसलाई विकासको पाटो र बाटो हो भन्ने अनुभूति हुने खालको कुनै ठोश काम गरेको पाइएको छैन।

श्रृजना पनि विकास हो भनेर यसलाई विकासको अंग हो ठानेर यसलाई विकासमा जोडेको पाइएको छैन। अत यसलाई पनि विकासको पाटो सम्झेर साथमा लिएर जाने योजना कार्यक्रम स्थानीय निकायले पनि बनाओस् र बार्षिक कार्यक्रममा समेटर बजेट छुट्यायाेस् भन्ने याहाँ सुझाव अघि सार्न खोजिएको छ। यो सुझाव काठमाडौं महानगरपालिकाका मेयरमार्फत काठमाडौं महानगरपालिका लगायत सबै स्थानीय निकायलाई दिइएको भनेर बुझ्नु सम्झनु पर्दछ।

काठमाडौं महानगरपालिकाले वार्षिक रुपमा बजेट छुट्याएर महत्वपूर्ण पाँचओटा किताब प्रकाशित गर्नको लागि बजेट सिलिङमा समावेस गरोस्। यसो भएमा एक कार्यकाल अर्थात् पाँच वर्षमा महत्वपूर्ण पच्चिस किताबहरु नेपाली वाङमयको संसारमा आउने छन्। ढल, कुलो आदिलाई विकास अनुदान जस्तै यो प्रकाशन अनुदान हुनेछ।

नेपाल जोगाउन र जगाउन पृथ्वीनारायण र पृथ्वीविचार पढ्नु र पढाउनु पर्दछ । मेयर बालेनले यो यथार्थ बुझे भने उनी यसमा अग्रसन हुन सक्छन्। उनलाई महानगरमा सजिलो छैन। उनले यो प्रस्ताव लगे भने कांग्रेसले वीपी र गणेशमानको नाम लेलान्।एमालेले पुष्पलाल र मदन भण्डारीको नाम लेलान् पृथ्वीनारायणको नाम त उनीहरु सुन्न पनि चाहँदैनन्। तर बालेन अग्रसर भए भने सफल हुन्छन्।

पर्यटन, सभ्यता, संस्कृति, इतिहास, आयुर्वेद, अनुसन्धान, जडीबुटी, शहरी विकास, जनस्वास्थ्य आदि या अन्य विधामा लेखिएका विवादरहितका पुस्तकहरु महानगरपालिकाले छपाइदिन सक्छ। अन्य प्रकाशन गृहसँग सम्झौता गरेर प्रकाशन गर्न सक्छ। सोझै लेखकलाई अनुदान दिएर वा लेखकसँग सम्झौता गरेर पनि किताब प्रकाशित गर्न सक्छ।

कस्ता पुस्तक छपाउने भनेर पाण्डुलिपी छनोट गर्ने विज्ञ समुहको छनोट वा सुझाव समिति पनि बनाउन सक्छ। सरकारी नेपाल प्रज्ञा प्रतिष्ठान,साझा प्रकाशनसँग सम्झौता गरेर प्रकाशन गर्न गराउन सक्छ।

गैह्र सरकारी नइ एकेडेमी जस्ता प्रतिष्ठित साहित्यिक संस्थासँग राय लिएर वा सम्झौता गरेर प्रकाशन गर्न गराउन पनि सक्दछ। एउटा विधि बनाएर प्राज्ञिक काम पनि विकास हो भन्ने मान्यता कामनपाले स्थापित गर्नु पर्दछ।

साहित्यको विकास गर्नु राज्यको दाइत्व हो भनेर साहित्य अनुरागी कवि, गीतकार, साहित्यकार म.वि. वि.शाहको नामले साहित्यमा स्थापित राजा महेन्द्रले निजी खर्चमा राजकीय प्रज्ञा प्रतिष्ठान ( हालको नेपाल प्रज्ञा प्रतिष्ठान ) स्थापना गरेकोबाट मेयर बालेनले पाठ सिक्नु पर्दछ।

यदि मेयर बालेनले यस्ता कामलाई विकासको अंग बनाउँछन् भने उनी स्वभाविक रुपमा प्रज्ञिक जगतमा चर्चित र प्रतिष्ठित हुनेछन्। उनले यस्ता पुस्तक राष्ट्रभाषा वा राष्ट्रिय भाषामा लेखिएका प्राज्ञिक वा उपयोगी पुस्तक छपाउन सक्छन्।

पुस्तक बिक्रीबाट लेखकलाई लेखकस्व समेत दिएर लेखक कल्याण कोष खडा गर्न पनि सक्छन्। लाग्छ यो रचनात्मक सुझावलाई मेयर बालेनले सकारात्मक रुपमा लिएर कार्यन्वयनको तहमा लैजान्छन् भन्ने आशा गर्न सकिन्छ।

मेयर बालेनलाई दोस्रो सुभाव पनि किताब सम्बन्धि नै छ। हुन त अहिले मोबाइल तथा सामाजिक सञ्जालको बढ्दो प्रयोग र नसाले गर्दा अहिले किताब पठन संस्कृतिमा ठूलै ह्रास आएको छ। अर्थात् किताब पढ्ने संस्कृति बहुत घटेको छ। तर पनि किताबहरु छापिएकै छन् र हरेकका घरमा साना साना पुस्तकालय छन्।

मेरो एकजना साथीको घरमा जहिल्यै पुस्तकले झगडा बनाइरहन्छ। श्रीमानले किताब थुपारेको श्रीमतीलाई मन परेको छैन। उनलाई किताबले ठाउँ ओगटेको कति पनि मन नपर्दो रहेछ। उनी जोखेर किताब बेच्न चाहन्छिन् कागज, खाली सिसी खोज्नेलाई। श्रीमान संस्था वा व्याक्तिलाई दान दिन चाहन्छन्। सकभर उनी घरबाट किताब हटाउन चाहँदैनन्। यस्ता समस्या धेरैका घरमा रहेछन्।

मेयर बालेनले महानगरमा एउटा सानो किताब घर स्थापना गरुन्। जुन किताब घरलाई मान्छेले फाल्न चाहेका किताबहरु दिन्छन र अरुले दिएका तर आफूलाई मन परेका किताब लान्छन्। अर्थात किताब विनिमय घर भन्दा पनि हुन्छ।

यो पनि महानगरपालिकालाई केही आर्थिक बोझ थप्ने योजनाम नै पर्छ। तर यो एउटा पठन सेवा पनि हो। सामाजिक उत्तरदाइत्व भित्र पर्दछ यो पनि। यसको व्यवस्थापनमा केही कर्मचारी भवन नियमको दायित्व महानगरपालिकाले लिनु पर्दछ।

यसले माथि उल्लेख भए जस्ता धेरैका किताब घर झगडाका समस्या समाधानमा सहयोग पनि हुन्छ। साथै यसले पढ्ने संस्कृतिमा पनि योगदान दिन्छ। यसले कसैले महत्व नबुझेर फाल्न लागेका पुस्तकहरु कसैले पाल्न पाउन सक्छ। कसैले खोजेका तर नपाएका किताब पाउन पनि सक्छ।

कसैले नचाहेका किताब कसैलाई ढुंगाा खोज्दा देउता खोजेको हुन सक्छ। यस्ता किताब बिनिमय तथा पठन घरहरु सबै स्थानीय निकायमा जरुरी छ। नियम बनाएर व्यवस्थित किसिमले सञ्चालनको आवश्यकता छ।

आशा गरौं मेयर बालेनको यतातिर ध्यान आकर्षित हुनेछ। कामनपाले यो सुरु गरे अरुले पनि अनुसरण गर्ने छन्। यदि कामनपाले गरेन भने अरुले अरु स्थानीय निकायले गरुन्। अरुले गरे भने कामनपालाई पनि पाठ हुनेछ।

मेयर बालेनलाई तेस्रो सुझाव छ माथि भनिएको किताब प्रकाशन जस्तै पाँच ओटा म्युजिक भिडियो निकाल्न अनुदान सहयोग गर्ने बजेट कानपाले छुट््याओस्। कामनपाको हकमा नेपाली भाषा र नेवारी भाषामा यस्ता म्युजिक भिडियो निस्कासन गरेको राम्रो हुन्छ।

जो प्राचीन मिथकमा आधारित वा लोकलयमा आधारित होउन्। मौलिक रैथाने लोक गीतका होउन्। कामनपा भित्रका वा बाहिरका सर्जकका मात्र गर्ने कि कामनपा बाहिर नेपाल भरिका जो कोही नेपाली नागरिकका निकाल्ने कामनपाले नै तय गर्नसक्छ।

तीनवटा कामनपा भित्रका र दुईवटा कामनपा बाहिरकाबाट पनि गर्नसक्छ। आशा गरौं मेयर बालेनको यतातिर पनि ध्यान आकृष्ट हुने नै छ।

मेयर बालेनलाई चौथो सुझाव छ हरेक वर्ष आर्ट ग्यालरीको आयोजना कामनपाले गरिदियोस्। अर्थात चित्रकला प्रदर्शनीको आयोनजा गरिदियोस् । चित्रकारहरुले आफ्ना चित्रहरु प्रदर्शन गर्नेछन् भने मुर्तिकारहरुले आफ्ना मुर्तिकलाहरु प्रदर्शनी गर्ने छन्। यसबाट बिक्री भएमा कलाकारलाई लाभ मिल्ने छ। केही प्रतिशत कामनपाले लिए पनि हुन्छ । सकभर थोरै प्रतिशत हवोस्।

मेयर बालेनलाई पाँचौं सुझाव छ कामनपाले प्रशिक्षण शाखा स्थापना गरोस्। जसको काम विविध विषयमा नियमित प्रशिक्षण दिने काम गरिरहोस्। यस्ता प्रशिक्षण कला सम्बन्धि हुनसक्छ,संगीत सम्बन्धि हुनसक्छ खेलकुद सम्बन्धि हुनसक्छ र अन्य उत्पादन सम्बन्धि हुनसक्छ अनेक सीप सम्बन्धि पनि हुनसक्छ। केही विषेशज्ञलाई बोलाएर पनि यस्ता प्रशिक्षण दिन सक्छ।

नियमित प्रशिक्षक राखेर पनि गर्नसक्छ। बजारमा भन्दा सस्तोमा अथवा निशुल्क पनि गर्नसक्छ। यसो भएपछि कामनपाले विकासका पाटा र बाटाहरु धेरै छन् र स्थानीय सरकारको ध्यान यी सबैमा गएको सन्देश दिएको पनि मानिने छ।

अभिनय,संगीत, कला, साहित्य,खेलकुद,उत्पादन,सीप,व्यवसाय आदि इत्यादि सबैमा स्थानीय निकायको रचनात्मक ध्यान दृष्टि पुगेको र विविध क्षेत्र तानिएको मानिने छ। लाग्छ मेयर बालेनको ध्यान यतातिर पनि तानिने छ।

बालेनलाई छैटौं सुझाव हो काठमाडौं महानगरपालिकाले स्वदेशी उत्पादन दिवस कम्तिमा पनि सप्ताहव्यापी मनाउने योजना बनाओस्। यो स्वदेशी उत्पादन दिवस स्वदेशवादी अर्थतन्त्रका प्रणेता तथा नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाह जन्मेको दिन पुष २७ गते उद्घाटन भएमा माघ १ गते उनी दिवंगत भएको दिन पनि यही दिवस भित्रै पर्दछ सप्ताहव्यापी मनाउँदा। यो समय सबै किसिमले उपयुक्त हुन्छ।

यो स्वदेशी उत्पादन दिवसमा सम्भव भएसम्म सबै स्वदेशी उत्पादनका स्टल राखियोस्। सप्ताहभरि स्वदेशी उत्पादनका मात्र अर्थात स्वदेशी खाना, नाना, गाना, बाजा आदिको मात्रै उपयोगले वातवरण स्वदेशी उत्पादनमय बनोस्।

स्वदेशी उत्पादन दिवसलाई स्वदेशी उत्पादन प्रेममय दिवसमा कसैले अनुवाद गर्न सक्छ भने मेयर बालेनको लोकप्रिय व्याक्तित्वले मात्र गर्न सक्छ। सर्त एउटै छ मेयर बालेनले पृथ्वीनारायणको स्वदेशवादी चिन्तनको अर्थ महत्व बुझ्न सक्नु पर्दछ।

स्वदेशी उत्पादन दिवसका दिन स्वदेशी उत्पादन किनेर आफूले मन पराएको मान्छेलाई उपहार दिने माहौल बनाउन सकियो भने स्वदेशी उत्पादन दिवस स्वदेशी उत्पादन प्रेममय दिवसमा रुपान्तरण हुनसक्छ। यसमा मेयर बालेनले युवाहरुलाई जोड्न सकेभने यो दिवस सफल हुन्छ।

खाशगरी युवा युवतीले आ-आफ्ना प्रेमीहरुलाई कुनै स्वदेशी उत्पादन दिन थाल्ने हो भने यसले क्रमश आकार लिन्छ। यसल् क्रमश भ्यालेन्टाइन डेलाई विस्थापित गर्नसक्छ। स्वदेशी उत्पादन दिवस र प्रेम दिवसलाई एउटै डालोमा राखेर अघि बढाउन सकियो भने यो दिवस सफल हुन्छ।

स्वदेशी उत्पादन दिवसको स्टलमा कतै स्वदेशी उत्पादनका खाना मात्रै खान पाइने र स्वदेशी गाना मात्रै बजाउन पाइने हुनेछ। युवाहरु स्वदेशी खानामा रमाउन् स्वदेशी गानामा झुमुन्। र स्वदेशी उत्पादनका उपहार आदान-प्रदान र पहिरनमा रमाउन्।

मेयर बालेनले उपत्यकाका सबै नगरपालिकाहरुसँग समन्वय गरेर सबै पालिकाहरुलाई स्वदेशी उत्पादन दिवसमा सरिक गराउन सके भने यो दिवस उपत्यका स्तरीय भएर सफल हुन्छ।

उनले अन्य निकायहरु खास गरी उद्योग बाणिज्य संघ,च्याम्ब्र अफ कमर्स सबैलाई यसमा जोड्न सक्छन्। तीनै तहका सरकारलाई,कर्मचारीलाई स्वदेशी उत्पादनका पहिरनमा सजिएर कम्तिमा सप्ताहाव्यापी स्वदेशी उत्पादन दिवसमा सकृय भएर मनाउन आग्रह गर्न सक्छन्। यसो भएमा स्वभाविक रुपमा स्वदेशी उत्पाको संख्या र गुणस्तर र व्यापारमा बढोत्तरी भएर जान्छ।

यदि स्वदेशी उत्पादन दिवसमा सबै स्थानीय निकायहरु जोडिए भने स्वभाविक रुपमा यो दिवस राष्ट्रिय दिवस भएको हुनेछ। राष्ट्रव्यापी स्वदेशी उत्पादनका स्टलहरु रहने छन् । यसले स्वदेशी अर्थतन्त्र र स्वदेशवादी मानसिकता उकास्ने छ। केन्द्र सरकार र प्रदेश सरकारको ध्यान यततिर तानियोस्।

पुष २७ गते सरकारले सार्वजनिक विदा दिएको छ त्यो दिन स्वदेशी उत्पादन किन्नमा भरपुर उपयोग गरुन्। स्वदेशी उत्पादको उपयोग र आत्मनिर्भर अर्थतन्त्रबारे विचार गोष्ठीको आयोजना होस् कार्यपत्र र टिप्पणीहरु आउन्।

मेयर बालेनलाई अन्तिम सातौं सुझाव चाहिँ प्रतियोगितात्मक खुला निबन्ध प्रतियोगिताको घोषणा कामनपाले गरोस् भन्ने हो। यस्तो विषय वा शिर्षकमा निबन्ध प्रतियोगिता होस् जसले नेपालको गरिमालाई बुझाउन सकोस् नेपाली सभ्यता र सस्कृतिलाई उठाउन र चिनाउन सकोस्।

मेयर बालेनले कामनपाबाट खुला निबन्ध प्रतियोगिता गराउने निर्णय गराउन्। प्रतियोगितात्मक निबन्धको लागि बजेटको व्यवस्था गरुन्। पुरस्कार खर्च, छनोट खर्च र वितरण समारोह खर्च समेतको बजेट सिलिङ गराउन्।

राष्ट्रनिर्माता पृथ्वीनारायण जन्मेको दिन हरेक पुष २७ गते निबन्ध प्रतियोगिताको बिजेता प्रथम,दोस्र र तेस्राको घोषणा गर्ने र पुरस्कार वितरण समारोहको आयोजन गर्ने मितिको पनि निर्णय गरोस्।

र, हरेक वर्ष राष्ट्रनिर्माताले जीवनको अन्तिम कालमा दिएको उपदेशलाई दिव्य उपदेश नामाकरण गरेको पुस्तिका छ । त्यसले उठान गरेका विषयलाई हरेक वर्ष अलग शिर्षक दिएर निबन्ध प्रतियोगिता गराउने चलनलाई कामनपाले स्थपित गरोस्।

यसपाली निबन्ध प्रतियोगिताको शुभारम्भ शिर्षकको लागि मेयर बालेन तथा कामनपालाई मेरो निम्न सुझाव छ “शास्त्रबमोजिमको तिनै सहर नेपालको नेवारहरुको नाच झिकाइ हे¥या पनि हुन्छ”।

यो शिर्षकले पृथ्वीनारायणले के अर्थ र कारणमा यो शिर्षकलाई चुने ,नेवारी नाचगान र संस्कृतिमा केछ किन यो हेर्नु सुन्नुपर्छ यसमार्फत पृथ्वीनारायणले के भन्न खोजेको हो सबै उत्तर निस्कन्छ।

यो आफैंमा पृथ्वीनारायण शाहको स्वदेशवादी सांस्कृतिक चिन्धनधार हो र नेपाली हरेक जाति, जनजाति समुदायमा सांस्कृतिका अपार खानी छन् भन्ने पृथ्वीनारायणको चिन्तनलाई केन्द्रमा राखेर निबन्ध प्रतियोगिता गराउनु सबै किसिमले उचित हुन्छ भन्ने मेरो सुझाव छ।

पृथ्वीनारायण शाहले तीनवटै शहर कान्तिपुर, भक्तपुर र ललितपुरको सम्मान गरेको नेवारी संस्कृतिको सम्मान गरेको यो अभिव्यक्तिको सम्मानमा तीनवटै शहरका नगरपालिका संयुक्त आयोजक वा अलग अलग आयोजक बनेर यस्तो प्रतियोगित गराए सुनमा सुगन्ध हुने थियो। तर दलहरुले राष्ट्रनिर्माताप्रति घृणा बढाएकोले यस्तो अपेक्षा राखिए पनि सम्भावना कम छ।

मेयर बालेनले नेवारी संस्कृतिमाथि पिएचडी गर्दैछन् भन्ने समाचार सार्वजनिक भएको थियो। यस्तो शिर्षकको निबन्ध प्रतियोगिताले एकैपल्ट राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र मेयर बालेन्द्र शाहको भावनालाई सम्मान र सम्बोधन गर्दछ।

यस्ता निबन्धहरुले मेयर बालेनको पिएचडीलाईत सहयोग गर्दछ नै। त्यो भन्दा महत्वपूर्ण अनेक समुहका नेपालीहरुलाई नेपाली मौलिक संस्कृतिको महत्व बुझाउन सहयोग दिनेछ।

यस्तो निबन्ध प्रतियोगिता विद्यार्थी स्तरीय पनि गराउन सकिन्छ, महानगरस्तरीय मात्रै पनि गर्न सकिन्छ ,अथवा कुनै वर्ग क्षेत्रमा सिमित नराखेर खुला प्रतियोगिता गराउन पनि सकिन्छ।

महानगरपालिकाले आफैले विज्ञहरुको संयन्त्र बनाएर पनि यस्तो निबन्ध प्रतियोगिताको सबै कार्य सम्पन्न गर्ने जिम्मेवारी दिन पनि सक्छ अथवा विशुद्ध साहित्यको क्षेत्रमा निष्पक्ष काम गरेका माथि उल्लेख गरेका जस्ता संस्थाहरुसँग सम्झौता गरेर पनि यस्तो प्रतियोगिता गराउन सक्दछ।

नेपालको इतिहास,ऐतिहासिक व्याक्तित्व र तिनका विचार नपढ्ने बरु भ्रम छर्ने घातक प्रवृत्ति बढेको छ। यस्तो प्रवृत्तिले न नेपालको हित हुन्छ न जित नै हुन्छ। यस्ता प्रवृत्तिलाई जित्न अर्थात परास्त गर्न युवाहरुलाई तथ्य बुझाउनु पर्दछ।

तथ्य बुझाउन तथ्यमा पर्न र पढ्न आकर्षित गर्नु पर्दछ । निबन्ध प्रतियोगिताले यस्तोमा आकर्षित गर्दछ। निबन्ध प्रतियोगिता जित्न राम्रो लेख्नु पर्छ। राम्रो लेख्नलाई धेरै पढ्नु पर्छ। जसले राम्रो पढ्छ उसले राम्रो लेख्छ।

नेपाल जोगाउन र जगाउन पृथ्वीनारायण र पृथ्वीविचार पढ्नु र पढाउनु पर्दछ । मेयर बालेनले यो यथार्थ बुझे भने उनी यसमा अग्रसन हुन सक्छन्। उनलाई महानगरमा सजिलो छैन। उनले यो प्रस्ताव लगे भने काङग्रे्सले वीपी र गणेशमानको नाम लेलान्।एमालेले पुष्पलाल र मदन भण्डारीको नाम लेलान् पृथ्वीनारायणको नाम त उनीहरु सुन्न पनि चाहँदैनन्। तर बालेन अग्रसर भए भने सफल हुन्छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *