माओवादी पदाधिकारी बैठक बस्दै
काठमाडौं। नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठक माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन, पार्टीको रुपान्तरण अभियान लगायत विषयमा छलफल हुनेछ।
माओवादीले भदौदेखि पार्टी रूपान्तरण अभियान सञ्चालन गरिरहेको छ। पार्टी रूपान्तरण अभियानको समीक्षाका लागि केन्द्रीय समिति बैठक आह्वानको तयारी भइरहेको छ।
केन्द्रीय समिति बैठकले पार्टीको विधान सम्मेलनको मिति तय गर्नेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment