डा. नवराज प्रधानको ‘ठुली’बोलको गीत सार्वजनिक (भिडियो)

डिसी नेपाल
३ पुष २०८० १०:१२
36
Shares

काठमाडौं। डाक्टर नवराज प्रधानको नयाँ गीत रिलिज भएको छ। सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट ठुली बोलको गीत रिलिज भएको हो। गीतमा शब्द,संगीत र स्वर डाक्टर नवराज प्रधानकै रहेको छ।

गीतको म्युजिक अरेन्जमेन्ट चाहिँ कालिप्रसाद बास्कोटाले गरेका छन्। उसो त, गीतको भाव अनुसार भिडियो उत्कृष्ट बनाइएको छ।

भिडियोमा अभिनेता गौरव पहारी र अभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड छन्। प्रेमी-प्रेमिकाको भुमिकामा यि दुई भिडियोमा प्रस्तुत छन्। पारिवारका कारण प्रेम सम्बन्धमा आउने उतारचढावको कथालाई भिडियोमा उत्कृष्ट तरिकाले देखाइएको छ।

गौरव र श्रद्धाका अलावा भिडियोमा निर्मल शर्मा, राम बहादुर अधिकारी लगायतका कलाकारहरुलाई पनि देख्न सकिन्छ। भिडियोमा गौतमराज खड्काको कथा अनि निर्देशन रहेको छ। सौरभ लामाले खिचेको भिडियोलाई गौतमराज खड्काले नै सम्पादन गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *