गीत : …तर छिनछिनमै मन रुँदो रै’ छ

सुरेश राई
७ पुष २०८० ७:२१

तिमी टाढा हुँदा ,म एक्लै हुँदा
झगडा त कम, हाम्रो हुँदो रै छ
तर छिनछिनमै मन रुँदो रै छ
तर छिनछिनमै मन रुँदो रै छ

तिमीलाई अधिनमा हैन,भरोसामा राखेथेँ
पुराना नियमले हैन, मायाले बाँधेथेँ
फेरि किन कहिलेकाहीँ, बुझिन्न मनको बानी
सम्बन्ध यो गहिरो छ, भन्ने पनि जानीजानी
भन्ने पनि जानीजानी
तिमी टाढा हुँदा म एक्लै हुँदा……

घर हो, घर हुन्छ, झगडा पलभर हुन्छ
झगडै बिनाको प्रेम, कसरी अमर हुन्छ
थाहा छ त तिमीलाई नि ,थाहै छ त मलाई पनि
फरि किन दिल दुखाउनु ,सबै कुरा जानीजानी
सबै कुरा जानीजानी

तिमी टाढा हुँदा, म एक्लै हुँदा
झगडा त कम,हाम्रो हुँदो रै छ
तर छिनछिनमै मन रुँदो रै छ
तर छिनछिनमै मन रुँदो रै छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *