कारको ठक्करबाट दुई युवकको मृत्यु

डिसी नेपाल
१० पुष २०८० १०:०६
180
Shares

गण्डकी। कास्कीको पोखरा महानगरपालिका-५ प्रस्याङमा गए राति कारले ठक्कर दिँदा दुईजना पैदलयात्रीको मृत्यु भएको छ।

बागलुङ बसपार्कबाट जिरो किमीतर्फ जाँदै गइरहेको कारले ठक्कर दिँदा पोखरा-३ नदीपुरका २० वर्षीय ढोलन्द्र छन्त्याल र परिचय नखुलेका अर्का एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनापछि कारचालक फरार छन्। निजको खोजी भइरहेको र कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *