यक्ष प्रश्न र उत्तर

डिसी नेपाल
१४ पुष २०८० ७:१७

आजकल नेपालमा अस्थिर राजनीति, हत्या हिंसा, लुट, अस्थिर अर्थनीति, बेरोजगारी गरीब नेपालीहरुको बिदेश पलायन हुने प्रबृत्ति दिदानु दिन बढ्दै गइरहेको छ। एकले अर्कोलाई होच्याउने, दबाउने र मै ठूलो भन्ने भावनाले देश दयनीय अवस्थाबाट गुज्रिरहेको छ। संसारले हामीलाई गिज्याई रहेको छ।

यहाँका के राजनीतिज्ञ, के अर्थविद, के धर्मविद के समाजसेवी? र हरेक बिषयमा विद्यावारिधि गरेका के र कुन विषयका बिदहरु हुन् कसैले पनि बोल्ने शिवाय कुनै खास नौलो काम गरेर देखाउन सकेनन्।

देशको बागडोर लिइ बसेका नेताहरु सम्पूर्ण लोभमा चुर्लुम्ब डुबेका छन्। करोडौं र अरबौं देशको सम्पत्ति नदेखीने गरी लुटेर आफ्नो पोल्टामा राखेर पटुका बाँधेर बसिरहेका छन्। सम्पूर्ण नेताहरुको दिमाग उल्टो गतिमा बगिरहेको छ।

चौतर्फी बिकास, राम्रा बाटाघाटा, सफा र सुग्घर, अथाह जलश्रोत भएको नेपालमा सधैं पानीको अभाव, कृषि प्रधान देशमा सधैं कृषि मलको अभाव, पर्यटनको प्रचुर सम्भाबना भएको सुन्दर प्रकृतिले बास गरेको नेपालमा कुनै बिषयको पनि बिकास हुन सकेन।

हामी आजको युगमा पनि कुनै बिषयमा पनि अब्बल दर्जामा रहेनौं। सधैं टाकटुके, खाल्डो खन्ने र पुर्ने, बनाउने र बिगार्ने काममा ५० सौं बर्षदेखि तल्लीन भइरहेका छन्। नेताहरु र कार्यकर्ताहरुले दिनहुँ गाएको गीतमा कुनै सुर छैन र ताल पनि छैन।

बिना सुर र तालमा जनतालाई आश्वासनको पुलिन्दाहरु बोकाई आफूहरु भने आलेशान महलमा बसी एकले अर्कोलाई धिक्कारेर बसिरहेका छन्। यो सबै तमाशा हेर्दाहेर्दै सारा जनताहरु दिक्क भै सकेका छन्। यो सबै कृत्य कुकृत्य, बेइमानीले आज नेपाल कस्तो अवश्थामा छ भन्ने कुरा साना स्कुले बच्चालाई पनि थाह भएकै कुरा हो।

देशलाई यी सब कुराहरुबाट कसरी पार लागाउने भन्ने बिषयमा सोचिरहेको बेला अचानक यक्ष मेरो सामुन्ने देखा परे प्रश्न गर्न थाल्यो ‘के भयो तिमीलाई? र यसरी जिल्ल परेर हेरिरहेको? भन्दा म एकछिन त अकमक्क परें कि के भयो भन्ने। आखिर मैले भनेँ कि म ज्यादै बिरक्तमा छु।

किनकि नेपाल जस्ता देशहरुले आज कति प्रगति गरी आज कहाँ पुगिसके तर नेपाल जस्ताको तस्तै अवस्थाबाट गुज्रिरहेको छ। देशमा लुटेराहरुले हरदिन राष्ट्रको ढुकुटी भित्र पसी हरेक दिन लुटिरहेका छन्।

हरेक दिन सभा सम्मेलन,उद्घाटन र अन्य चाहिँदो नचाहिँदो काम गरी भत्ता कमिसन गोजीमा हाल्ने नास्ता पानी भनी करोडौं रुपैयाँ दीनहुँ खर्च गरी देशको ढुकुटीको दोहन गरिरहेका छन्। चाहे ती नेता, कार्यकर्ता, अभियन्ता, नागरिक समाज, ब्यापारी र कर्मचारी किन नहुन।

नेता अरबौंको खेलमा छन्, कार्यकर्ता करोडौंको चक्करमा। र, कर्मचारी लाखौंको जोड घटाउमा छन्। अब के गर्ने भन्दा यक्ष भन्छ ‘मबाट तिमीले के अपेक्षा राखेका छौ’ भन्दा मैले भने ‘हे यक्ष तिमीसँग त्यस्तो शक्ति छ भने ती सब देसका लुटाहा जसले देशको छालालाई ब्वाँसोले झैं च्याती च्याती खोक्रो बनाउने ती सबलाई एकचोटी नुनको मानिस बनाई संसारको गहिरो प्रशान्त माहासागरमा डुबाई देउ ताकी म २४ घण्टापछि तिनीहरुको सशरीर हेर्न र देख्न नसकूँ, कस्तो छ भनेर।

मेरो माग यक्षले सुनेर तुरुन्तै देशका कुना कुनामा रहेका त्यस्ता हत्यारा, घुसखोरी, भ्रष्टाचारी र देशलाई चुसी चुसी थोत्रो बनाउने सबैलाई झोलाबाट टक्टक्याई हेर्दा करिब तस्न करोड जनतामा ३ लाख जति फेला पारेर मेरो अगाडि राखे।

अनि फेरि प्रश्न गर्दछन्-“एकचोटी सोच कि म यी सबलाई के गरौँ ? भन्दा मैले पचासौं बर्षदेखि यिनीहरुले सर्बसाधारण जनताहरुलाई सधैं दुःख, पीडा र अभाबमा मात्र बचाई रहेकाले यी पीडित सम्पुर्णलाई बचाउने प्रण लिइ मैले यक्षलाई ती सबै दुश्टात्मालाई “नुनको मानिस बनायी प्रशान्त माहासागरमा डबाइ दिनु” भनेपछि यक्षबाट त्यो काम तुरुन्त भयो र सारा पाखण्डीहरु सागरमा धमाधम हाम्फाल्न थाले र सबै सागरको पिंधमा पुगी पग्लिइ विलीन हुन पुगे। त्यसै कारणले होला कुनै पनि सागरको पानी नुनिलो र बिखालु भई खान नहुने भएको।

मलाई त यो काम चित्त बुझेकै थियो। किनकि मलाइ भ्रष्टाचार र लुटेरा र भ्रष्टाचारी कर्मचारीहरुको संहार, नाश र खरानी पार्नु परेको थियो। तर यो सबै एक साधुले हेरिरहेको थियो, जुन उनलाई पटक्क चित्त बुझेन र मलाइ सोधे-यो के गरेको, यसरी नाकाम काम गरेर?’ मैले भने-यो यक्षले गरेको।’

साधुले आफ्नो योगबलले यक्षलाइ भेटेर यो के गरेको भन्दा यक्षले मैले होइन मृत्युको आदेश अनुसार गरेको भने। साधु मृत्युलाई सोध्न जान्छन्। मृत्युले पनि इन्कार गरेर कालदेवतालाई देखाउँदछन्। कालदेबले पनि भाग्यलाई देखाउँछन् भाग्य कहाँ जाँदा उनले कर्मदेवलाई देखाए।

कर्मदेवलेपनि मलाई नसोध, त्यही मर्ने मान्छेलाई सोध उनीहरुले गरेको कर्मकै फल अनुसार त्यसो हुन गएको भन्ने जवाफ दिए। कर्मदेवको कुरामा साधुले चित्त बुझाए र के अनुभव गरे भने “जस्तो कर्म गर्छ, त्यस्तै फल भगवानले दिन्छन्’ भनेर आफुले आफैंलाई चित्त बुझाइ आफ्नो बाटो लागे। किनकि कर्म अनुसारको फल पाउनु भनेको ब्रम्माण्डको नियम हो। यसमा हाम्रो के लाग्छ र?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *