बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भेटियो द्वन्द्वकालीन सकेटबम

डिसी नेपाल
१२ पुष २०८० १६:४०
68
Shares

नेपालगञ्ज। बाँकेको मध्यवर्ती क्षेत्रमा पर्ने राप्ती सोनारी गाउँपालिका–२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै सकेट बम फेला परेको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणको टोलीले गस्ती गर्ने क्रममा सो सकेट बम फेला पारेको हो।

खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट झण्डै पाँच सय मिटर उत्तरतर्फ सो सकेट बम फेला परेको हो।

नेपाली सेनाको डिस्पोजल टोलीले बम निस्किृय पारेको जिल्ला प्रहरी कार्यालयउ बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक नारायण डाँगीले जानकारी दिए।

सो सकेट बम द्वन्द्वकालीन भएको हुनसक्ने आशंका गरिएको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *