सचिन रौनियारले ल्याए ‘औधी माया’
काठमाडाैं। ‘औधी माया’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। गायनमा झन्डै अढाई दशक बिताइसकेका गायक सचिन रौनियारले युगल गायनमा नयाँ गीत ‘औधी माया’ ल्याएका हुन्।
यस अघि सचिनले पहिलो एल्बम ‘सर्च’ बजारमा ल्याएका १२ वटा एल्बम सार्वजनिक गरिसकेका छन्। स्पर्श, नशा, सारेगामा लगायतका एल्बम उनका चर्चित एल्बममा पर्छन्। छ भनौँ कि छैन भनौँ, यो वनमा छैन क्यारे न्याउली कराउँदिन ए कान्छी, ए माया कहाँ छौ कहाँ, झन् झन् बढ्यो याद तिम्रो, आफ्नो मान्छे लगायतका उनको गीतले पछिल्लो पुस्तासम्म उनलाई पुर्याएको छ।
लोक फ्युजन शैलीको यो गीतमा उदय सोताङको शब्द तथा संगीत छ। सलिन मगर संगीत निर्माता रहेको गीतको दिनेश न्यौपानेले मिश्रण र मास्टरिङ गरेका छन्।
निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोबाट भिडियोमा सचिनसँगै गरिमा शर्मा, राजाराम पौडेल र तुलिका मिस्की फिचर्ड छन्।
सार्वजनिक भिडियोलाई हरि हुमागाईँले खिचेका हुन् भने विकाश धमलाले कलरिङ तथा सम्पादन गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment