लेखनाथ महोत्सवमा ब्रेक फेल भएको गाडी घुस्दा एकको मृत्यु

डिसी नेपाल
१४ पुष २०८० १२:५२
900
Shares

पोखरा। पोखरामा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–२७ डाँडामा एक फुटपाथ व्यवसायीको सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बागलुङबाट भैरहवा जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बसको ठक्करले भारतीय नागरिक ३० वर्षीया इश्रावती कुमारीको निधन भएको हो । प्रहरीका अनुसार  ब्रेक फेल भएको बसले ठक्कर दिँदा उनको शनिबार बिहान निधन भएको हो ।

जारी लेखनाथ महोत्सवस्थलको गेट अघि फुटपाथमा गमला बिक्री गर्न बसिरहेको अवस्थामा उनलाई ब्रेक फेल भएको बसले ठक्कर दिए पछि उनी गम्भीर घाइते भएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकका अनुसार सवारी ब्रेक फेल भइ दुर्घटना भए पछि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरिएकाे थियाे ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *