प्रदेशको नाम नै नलेखी मुख्यमन्त्री कार्कीले दिए ल्होसारको शुभकामना, चर्को आलोचना
बिराटनगर। मुख्यमन्त्री केदार कार्कीले ‘कोशी प्रदेश’ नलेखी तमु ल्होसारको शुभकामना दिएका छन्।
आफ्नोसमेत मतले प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गर्न योगदान गरेका कार्कीले मुख्यमन्त्री भएपछि ‘कोशी प्रदेश’ उल्लेख नगरी तमु ल्होसारको शुभकामना दिएका हुन्।
पूर्वी नेपालमा पहिचानबादी आन्दोलन जारी रहेको बेला उनीहरुको मागलाई ‘सम्मान गर्दै’ कोशी प्रदेश उल्लेख नगरेको हुन सक्ने अनुमान गरिएको छ। संविधान र राज्यले चिन्ने मुख्यमन्त्री पदको जिम्मेवारीमा रहेका कार्कीले कोशी प्रदेशको नाम उल्लेख नगरे पछि यस घटनालाई अर्थपूर्ण रुपमा हेरिएको छ।
अहिले ‘कोशी प्रदेश’ उल्लेख नभएको कार्कीले लेटर प्याड सार्वजनिक भए पछि उनी ‘कुन प्रदेशका मुख्यमन्त्री हुन्?’ भनेर प्रश्न गर्न थालिएको छ।
सामाजिक सञ्जालभरी कुन प्रदेशका मुख्यमन्त्री हुन ? भनेर प्रश्न गर्न थालिएको छ । एकजनाले सामाजिक सञ्जालमा लेखेका छन, ‘सायद उनी लाबण्य प्रदेशका मुख्यमन्त्री होलान ।’

No ads found for this position

डिसी नेपाल
Facebook Comment