मानव सभ्यताको विकाससँग जोडिएका सांस्कृतिको प्रवर्द्धन गर्नुपर्छ : अध्यक्ष नेपाल
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका मौलिक संस्कृतिको संरक्षणबाट सामाजिक एकता अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई थप बलियो बनाउन सहयोग पुग्ने बताएका छन्।
तमु ल्होसारका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्रीले विभिन्न जातजातिकाले परम्परागत रुपमा मनाउँदै आएका पर्वको जगेर्नाबाट नेपाली समाजलाई एकापसमा एकताबद्ध गरी सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने बताएका हुन्।
बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व संस्कृतिको संरक्षण गर्नुपर्नेमा उनले विज्ञप्तिमा जोड दिएका छन्।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गर्दै अध्यक्ष नेपालले समाजमा विद्यमान सबै प्रकारका विभेद, विकृति र विसंगतिलाई अन्त्य गरी समतामूलक एवं सुसंस्कृत समाजको निर्माण गर्नुपर्ने बताएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment