बुधबारसम्म राष्ट्रिय सभा उम्मेदवार सिफारिस गर्न प्रदेश समितिलाई राप्रपाको निर्देशन
काठमाडौं। राप्रपाले आगामी माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न प्रदेश कार्यसमितिलाई निर्देशन दिएको छ।
आइतबार बसेको केन्द्रीय पदाधिकारी बैठकले आगामी बुधबार (१८ पुस)सम्म राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार पार्टी संसदीय समितिलाई पठाउन प्रदेश कार्यसमितिलाई जिम्मेवारी दिएको पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
‘राप्रपाको केन्द्रीय पदाधिकारी बैठक बस्यो। बैठकले राष्ट्रिय सभाको निर्वाचनको प्रयोजनका लागि पुस १८ गतेसम्म उमेदवार सिफारिस गरी पार्टीको संसदीय समितिलाई पठाउन प्रदेश कार्यसमितिलाई जिम्मेवारी दिइएको छ,’ उनले भने।
आउँदो ११ माघमाम राष्ट्रिय सभा सदस्य चयनका लागि निर्वाचन हुँदैछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment