चितवनमा चलचित्र ‘हात्तीछाप’ को रेड कार्पेट प्रिमियर शो हुने
चितवन। किरण नेपालीको प्रस्तुति रहेको यही माघ २६ गते रिलिज हुने बहुप्रतिक्षित चलचित्र ‘हात्तीछाप’ को रेड कार्पेट प्रिमियर शो चितवनमा हुने भएको छ।
मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा माघ २४ गते, साँझ ६ बजे चितवनमा चर्चित कलाकारहरुको साथमा भव्य प्रिमियर शो हुने भएको छ।
मोफसलमा रहेर नेपाली सिनेमा क्षेत्रका हरेक गतिबिधिलाई प्राथमिकतामा राख्दै नयाँ तथा पुराना चलचित्रहरुको प्रचार-प्रसार र सिनेमा क्षेत्रको प्रवर्द्धनको लागि निरन्तर लागि रहेको लक्की मिडिया हाउसले आम दर्शकहरुको रोजाईमा नयाँ नेपाली चलचित्र ‘हात्तीछाप’ को भब्य रुपमा प्रिमियर शो गर्ने जनाएको छ।
चलचित्र क्षेत्रलाई चलायमान बनाउन र आम दर्शकहरूलाई समर्पित गर्दै उक्त चलचित्रको प्रिमियर शो गरिन लागिएको लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक तथा कार्यक्रम संयोजक हरि कार्की ‘लक्की’ले जानकारी दिए।
यस कदमबाट नेपाली सिनेमा बजारको प्रचार-प्रसार र सिनेमा क्षेत्रको प्रवर्द्धनमा सघाउ पुग्ने उनको विश्वास छ। प्रिमियर शो चितवनको सुविधा सम्पन्न सिजी ल्याण्डमार्कमा रहेको चितवन सिनेप्लेक्समा गरिँदै छ । कार्यक्रममा चलचित्र ‘हात्तीछाप’ का कलाकारहरूसँगै अन्य चलचित्रकर्मीहरूको पनि बाक्लो उपस्थिति रहने छ।
सिमोस सुनुवारद्वारा निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविना बास्तोला लगायतका कलाकारको अभिनय छ। सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा प्रदीप भारद्वाजको लेखन छ।
फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन र देव महर्जनको द्वन्द्व निर्देशन छ। किरण नेपालीको प्रस्तुति रहेको फिल्ममा पुष्कर गुरुङ, अमलादेवी राई र जय श्रेष्ठको निर्माताको रुपमा छन्। सरोज नेपाली फिल्मका कार्यकारी निर्माता हुन्। आरआर फिल्म्सले नेपालमा वितरण गर्न लागेको फिल्मलाई विश्व बजारमा भने एमएसएम पोष्ट प्रोडक्शनले रिलिज गर्नेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment