मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किड्स् सिजन ४ को ट्यालेन्ट शो सम्पन्न

डिसी नेपाल
१८ पुष २०८० १३:२५
52
Shares

काठमाडौं। युथ क्रियशनको आयोजनामा मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किडस सिजन ४ को ट्यालेन्ट शो सम्पन्न भएको छ।

काठमाडौंको सामाखुशीस्थित कुकु लन्ज एन्ड इभेन्टमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा २० जनाले आफ्नो ट्यालेन्ट प्रस्तुत गरे। कार्यक्रमले निर्णयकमा नायक एंव मोडल शेखर सुवेदी, मोडल पूर्ण लिम्बु, नायिका बिमला लिम्बु र लोकदोहोरी गायक बल बहादुर गुरुङ रहेका छन्।

मुख्य निर्नायकको रुपमा बोल्नुहुँदै लोकदोहोरी गायक बल बहादुर गुरुङले ट्यालेन्टमा सहभागी सबैको प्रतिभा उत्कृष्ट रहेको बताए। उनले बालबालिकाको वाक कलालाई समेत थप टेवा पुग्ने। बताए। यस्ता कार्यक्रमहरुले समाज र देशमा युवाहरुलाई थप हौसला मिल्ने बताए।

युथ कृयशनका अध्यक्ष रवी लामा तामाङले यस्ता कार्यक्रमले भविष्य निर्माणमा थप सघाउ पुग्ने र मनोबल उच्च हुनेमा विश्वास व्यक्त गरे। कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि,पत्रकार कलाकार एंव अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो।

कार्यक्रमको फाइनल भने पौष २२ गते रोयल दरबार इभेन्टस एण्ड भेन्युमा हुने आयोजक टिमले जानकारी दिए। साथै ख्यातिप्राप्त कलाकारहरुको बेजोड सांगीतिक एंव सांस्कृतिक प्रस्तुती रहने पनि आयोजकले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *