राष्ट्रियसभामा संविधानले परिकल्पना गरेअनुसारको प्रतिनिधित्व हुन सकेन : गगन थापा

डिसी नेपाल
१८ पुष २०८० १७:१८

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले राष्ट्रियसभामा संविधानले परिकल्पना गरेअनुसारको प्रतिनिधित्व हुन नसकेको बताएका छन् ।

बुधबार काठमाडौंमा पूर्व कर्मचारी समाज नेपालको स्मारिका विमोचन कार्यक्रममा थापाले राष्ट्रियसभामा विषयविज्ञहरुको प्रतिनिधित्व हुनुपर्ने परिकल्पना गरेपनि त्यसो हुन नसकेको बताएका हुन् ।

उनले राष्ट्रियसभा निर्वाचनमा उम्मेद्वार छनौट गर्ने विषयमा पार्टीहरुले सिफारिस गर्ने व्यक्तिका बारेमा संविधान अनुरुपको बहस नै नहुने अवस्था रहेको धारणा राखे ।

दलभित्रको निर्णय गर्ने थलोमै उचित प्रतिनिधित्व नहुदा राष्ट्रियसभा सदस्य छनौटमा समस्या देखिएको उनको भनाइ छ । त्यस्तै थापाले कांग्रेसले देश संकटमा रहेको भन्न नमिल्ने बताए । थापाले कुनै क्षेत्र रहदा नै पार्टीसंग सम्बन्ध गास्न नसके भविष्यमा समस्या पर्छ भन्ने कुरालाई भंग गर्न संरचनात्मक परिवर्तनको आवश्यकता रहेको उल्लेख गरे ।

संवैधानिक हिसावले निरन्तर निर्वाचन सहि ढंगले भइरहेको अवस्थामा मुलुक कुनै पनि हिसाबले अप्ठेरो अवस्था रहेको नदेखिएको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *