रणवीर कपुरको सिंघम लुक्स, के रोहित शेट्टीसँग सहकार्यमा हाे ?
मुम्बइ। यतिबेला सुपरस्टार रणवीर कपुरको नाम फिल्म ‘एनिमल’ को सफलताका कारण लगातार चर्चामा छ।
निर्देशक सन्दीप रेड्डी वांगाको यो फिल्ममा रणवीरको अभिनयलाई लिएर सबै फ्यान बनेका छन्। एनिमल पछि रणबीर कपुरको आगामी फिल्मको प्रतिक्षामा सबै जना छन्।
यसैबीच, सामाजिक सञ्जालमा रणवीर कपूरका केही नदेखेका तस्बिरहरू सार्वजनिक भएका छन्, जसमा उनी प्रहरीको वर्दीमा देखिएका छन्। विशेष कुरा के छ भने यी तस्बिरमा उनीसँगै निर्देशक रोहित शेट्टी पनि देखिएका छन्।
रणवीरका नयाँ तस्विरहरु बाहिर आएका छन्, जसलाई हेरेर फ्यानहरुको उत्साह बढ्दै गएको छ। वास्तवमा, फिल्म ज्ञानले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलमा रणवीर कपूर र रोहित शेट्टीको नदेखेको तस्बिर साझा गरेको छ। यी तस्विरहरूमा रणवीर प्रहरीको वर्दीमा देखिएका छन्।
अभिनेताको सिंघम लुक निकै आकर्षक देखिन्छ । यी तस्बिरहरू हेरेर रणवीर निर्देशक रोहित शेट्टीको कप एनिवर्सरीमा सहभागी हुन सक्ने अनुमान गरिएको छ । तर, यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन । केही फ्यानहरूले यी तस्बिरहरू विज्ञापन फोटोसुटका क्रममा खिचिएको विश्वास गर्छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment