उसैले उत्पादन गरेको बिद्युत मात्र होइन, जसले गरेको भए पनि भारतले किन्ने होः प्रधानमन्त्री

डिसी नेपाल
२० पुष २०८० ११:१०
52
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसले उत्पादन गरे पनि भारतले १० हजार मेघावट बिद्युत किन्ने जानकारी दिएका छन् ।

शुक्रबार बिहान प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले उक्त जानकारी दिएका हुन्।

‘भारतले खरिद गर्ने भनिएको विधुत् उसले मात्र निर्माण गर्ने हैन, जताबाट उत्पादन भएपनि १० हजार मेगावट भारतले किन्ने सम्झौता भएको हो’,प्रधानमन्त्री दाहालले बैठकमा भने ।

नेकपा एमालेका सांसद रघुजी पन्तले भारतले लगानी गरेर उत्पादन गरेको बिजुली मात्रै किन्ने बिषयमा सम्झौता भएको भए, त्यो गलत हुने भन्दै प्रधानमन्त्रीको जवाफ माग गरे पछि उनले सो प्रस्टीकरण दिएका हुन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *