कविता : शब्दहरू

दिनेश घिमिरे
२१ पुष २०८० ७:३४

शब्दहरू छरिदिन्छु बेचिदिन्छु आफैंलाई
किनबेचको छन्दमा शब्दहरू गोडिदिन्छु
शब्दहरू रोपिदिन्छु हराइदिन्छु आफैंलाई
तिमी सोच मेरो निम्ति अनेकन् अर्थहरू
म आफ्नै अर्थहरू शब्दहरूमा राखिदिन्छु।।

बिषयहरूमा शब्दहरूको चाल राखिदिन्छु
जिउँदो आशाहरूमा जिजिबिषा भरिदिन्छु
शब्दहरू छरिदिन्छु बेचिदिन्छु आफैंलाई
तिमी सोच मेरो निम्ति अनेकन् ब्याख्याहरू
म आफ्नै जीवनमा शब्दहरूको रंग भरिदिन्छु।।

शब्दहरू छरिदिन्छु उठाइरहन्छु आफैंलाई
बिचारहरु बनाइरहन्छु हराइदिन्छु आफैंलाई
शब्दहरू मिलाइरहन्छु अर्थहरू खोजीरहन्छु
तिमी सोच जीवन भित्र अनेकन् बिषहरू
म आफनै शब्दहरूको क्षितिजमा हराइदिन्छु।।

शब्दहरू कोरीदिन्छु ब्यख्याहरू तिमी खोज
शब्दहरूमा राखिदिन्छु गीतहरू तिमी लेख
जीवन शैली बनाइदिन्छु अर्थहरू आफैं खोज
तिमी सोच जीवन भित्र अनेकन् ब्याख्याहरू
म आफैंलाई निचोरेर शब्दहरू लेखिँरहन्छु।।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *