अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री दाहाललाई सफाइ
काठमाडौं। अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सफाइ पाएका छन्। २०७३ जेठमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
उक्त रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले प्रधानमन्त्री दाहाललाई सफाइ दिएको हो। सर्वोच्च अदालतले दाहाललाई अदालतको अवहेलना गरेको ‘मागदाबी नपुग्ने’ आदेश सुनाएको हो।
तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेल र छविलाल अधिकारीलाई पक्राउ गरेपछि काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा दाहालले अदालत शान्ति सम्झौताविपरीत जान लागेको आरोप लगाएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment