कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

डिसी नेपाल
२१ पुष २०८० ७:३७
24
Shares

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको सो पार्टीले जनाएको छ।

राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न बैठक आह्वान गरिएको हो । बैठकमा मुलुकको समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ।

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित हुन पार्टी पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *