प्रहरीमाथि हातपात गरेको अभियोगमा पक्राउ

डिसी नेपाल
२३ पुष २०८० १३:३५

काठमाडौं। चन्द्रागिरि नगरपालिका-३ थानकोट बसपार्कस्थित कार्यक्षेत्रमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-६ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका–३ खरिबोट बस्ने २६ वर्षीय अनमोल रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

उक्त स्थानमा प्रहरी वृत्त थानकोट र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नागढुंगाबाट आउँदै गरेको बा ५७ प ५९४६ नं को स्कुटर चालक रामले प्रहरीमाथि हातपात गरेपश्चात उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सो क्रममा ह्याण्ड सेट एक थान क्षति भएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे
छ।
यसैबीच काठमाडौं महानगरपालिका-२ गाेंगबु मित्रनगर एक नम्बर गेट नजिक सडकमा बा प्र ०३–००१ प ०५०० नं को टिपरले बा ५४ प ५२६६ नं को मोटरसाइकललाई गएराति ठक्कँर दिँदा मोटरसाइकलमा सवार काठमाडौँ तारकेश्वर नगरपालिका चिसापानी बस्ने गोरखा घर भएका २५ वर्षीय रनबहादुर तामाङको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रधानकार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *