गायक इन्द्र कार्की र समीक्षा अधिकारीको स्वरमा “बुलेट पड्काउँदै” गीत सार्बजनिक (भिडियो सहित)
काठमाडाैं। गायक इन्द्र कार्की र चर्चित गायिका समीक्षा अधिकारीको स्वरमा “बुलेट पड्काउँदै” गीत सार्बजनिक भएको छ। स्वयम् इन्द्र कार्कीकै शब्द रचना रहेको उक्त गितमा उनलाई रमन थामी, सडज लिम्बु, सुन्दर लामा, निर्मला घिसिङ, लक्ष्मी स्याङ्ताङ, निर्मल गदाल लगायतले कोरसमा साथ दिएका छन्।
भिमफेदी गाइज टिमको र आभा थापाको अभिनय रहेको सो गित भिमफेदी गाइज अफिसियल युट्यूब च्यानलमार्फत सार्बजनिक भएको हो।
त्रिताल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गितको संगीत तथा संगीत संयोजन सुन्दर लामाले गरेका हुन्। पवन सुसलिङको छायांकन तथा सम्पादन रहेको सो भिडियोलाई निर्मल लामा (बिजी) ले निर्देशन गरेका हुन्।
२०५३ सालमा उदयपुरको बाराहा गाविस हाल लिम्चुङ्गबुङ गाउंपालिकामा जन्मिएका गायक कार्की लामो समयदेखि नेपाली गित–संगित क्षेत्रमा साधनारत छन् । यस अघि उनले “आफु त गाउँले अल्लारे, सलल बग्ने कोशीको पानी, ऐंसेलु दानाले” लगायत आधा दर्जन गीत बजारमा ल्याइसकेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment