इशा देओल श्रीमानसँग अलग भएको दाबी

डिसी नेपाल
३ माघ २०८० ९:५२
1.9k
Shares

मुम्बई। बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र र ड्रीम गर्ल हेमा मालिनीकी छोरी आफ्नो अभिनयभन्दा पनि व्यक्तिगत जीवनका कारण चर्चामा रहने गरेकी छिन्।

हालै इशा देओलको बारेमा यस्तो खबर बाहिर आएको छ। समाचार अनुसार अभिनेत्रीले आफ्ना पति भरत तख्तानीसँग अलग भएकी छिन्।

बलिउड लाइफ र बलिउड शादी डट कममा प्रकाशित समाचारका अनुसार यी कुराहरू तब प्रकाशमा आए, जब हालसालै एक सोशल मिडिया प्रयोगकर्ताले रेडिटमा एक पोस्ट साझा गरे र त्यसमा इशा र भरत एकअर्काबाट अलग भएको संकेत गरेका थिए। जसका कारण उनीहरु अब सार्वजनिक रुपमा सँगै देखिँदैनन्। यति मात्र होइन, यो पोस्टमा प्रयोगकर्ताले भरतले आफ्नी श्रीमतीलाई धोका दिएको दाबी पनि गरेका छन्।

प्रयोगकर्ताले आफ्नो पोस्टमा नयाँ वर्षको दिन बेंगलुरुमा भएको पार्टीमा इशाका पति भरतलाई देखेको दाबी पनि गरेका छन्। जहाँ उनी आफ्नी एक कथित प्रेमिकासँग थिए। भरतकी प्रेमिका बैंगलोरमा मात्रै बस्छिन् भन्ने पनि बताइएको छ । यद्यपी देओल परिवारका तर्फबाट हालसम्म यी खबरमा कुनै प्रतिक्रिया आएको छैन।

इशा देओलले २९ जुन २०१२ मा भरतसँग विवाह गरेकी थिइन्। दुबैको विवाह इस्कॉन मन्दिरमा अत्यन्त सादगीका साथ सम्पन्न भएको थियो। विवाहको पाँच वर्षपछि यी जोडी छोरी राध्याका आमाबुवा बने र सन् २०१९ मा इशाले दोस्रो छोरी मिराया तख्तानीलाई जन्म दिइन्।

यो स्टार जोडी प्रायः सामाजिक सञ्जालमा एकअर्कासँगको तस्विर शेयर गरेको देखिन्छ। तर, यसपटक भरत इशा देओलको जन्मदिनको सेलिब्रेशनमा गायब देखिए। हेमा मालिनीको जन्मदिनमा पनि भरत देखिएका थिएनन् । ‘धुम’ हिराेइन इशाकाे याे पारिवारिक खबरले फ्यानहरूलाइ दुःखी बनाएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *