सास्सुओलोविरुद्ध युभेन्टसको शानदार जित

डिसी नेपाल
३ माघ २०८० ९:५८
44
Shares

काठमाडौं। इटालियन सिरी ए अन्तर्गत युभेन्टसले सास्सुओलोविरुद्ध शानदार जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा युभेन्टसले सास्सुओलोलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

युभेन्टसको जितमा दुसान भ्लाहोलिकले दुई गोल गरेका थिए भने फेडेरिको चिएसाले एक गोल गरेका थिए।

यो युभेन्टसको यस सिजनमा १५औं जित हो। २० खेलमा ४९ अंक रहेको युभेन्टस सिरी ए मा दोस्रो स्थानमा रहेको छ। शिर्ष स्थानमा रहेको इन्टर मिलानभन्दा २ अंकले पछाडि रहेको छ।

त्यसैगरी सास्सुओलोको २० खेलमा १९ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *