पाकिस्तानविरुद्धको टी-२० सिरिजमा न्यूजील्याण्डको लगातार तेस्रो जित
काठमाडौं। न्यूजील्याण्डले पाकिस्तानविरुद्धको टी-२० सिरिज २ खेल अगाडि नै जितेको छ। जारी ५ खेलको सिरिजमा न्यूजील्याण्डले लगातार तीन खेल जितेर सिरिज कब्जा गरको हो।
बुधबार सम्पन्न सिरिजको तेस्रो खेलमा न्यूजील्याण्डले पाकिस्तानलाई ४५ रनले पराजित गरेको छ।
न्यूजील्याण्डले दिएको २२५ रनको लक्ष्य पछाएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाउँदै १७९ रन मात्र बनाएको थियो। पाकिस्तानका लागि बाबर आजमले सर्बाधिक ५८ रन बनाए भने मोहमद नवाजले २८ तथा मोहमद रिजवानले २४ रनको योगदान दिएका थिए।
त्यसैगरी न्यूजील्याण्डका बलर टिम साउथीले २ विकेट लिए भने माट हेनरी, लुकी फर्गुसन, मिचेल सान्टनर तथा इश सोढ़ीले एक एक विकेट लिएका थिए।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै २२४ रन बनाएको थियो। न्यूजील्याण्डका लागि फिन एलेनले आक्रामक ब्याटिंग गर्दै ६२ बलमा १३७ रनको शानदार पारी खेलेका थिए । त्यस्तै टिम सेइफेर्टले ३१ रन बनाए भने ग्लेन फिलिपले १९ रन बनाएका थिए।
त्यस्तै पाकिस्तानका बलर हरिस राउफले २ विकेट लिए भने कप्तान शाहिन शाह अफ्रिदी, जमान खान, मोहमद नवाज र मोहमद वासिमले एक एक विकेट लिएका थिए।
यो जितपछि न्यूजील्याण्ड ५ खेलको सिरिजमा ३-० ले अगाडी भएको छ । अब सिरिजको चौथो खेल आगामी शुक्रबार हुने तालिका रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment