अफ्रिकन कपमा मोरक्कोको विजयी शुरुवात
काठमाडौं। जारी अफ्रिका कप अफ नेसन्समा मोरक्कोले विजयी सुरुवात गरेको छ। गएराति सम्पन्न समुह एफ अन्तर्गतको खेलमा मोरक्कोले तान्जानियालाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।
मोरक्कोको जितमा रोमैन सैस, अज्जेदीन ओउनाही र योउसेफ एन जेस्यरीले एक एक गोल गरेका थिए। यस खेलमा तान्जानियाका नोभाटस मिरोशीले खेलको ७०औं मिनेटमा रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको थियो।
यो जितपछि समूह एफ मा मोरक्कोले महत्वपूर्ण तीन अंक हासिल गरेको छ र समूहमा शीर्ष स्थानमा रहेको छ। अब मोरक्कोले अर्को खेल आइतबार डिआर कंगोसँग खेल्ने छ भने तान्जानियाले आइतबार नै जाम्बियासँग खेल्ने तालिका रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment