अफ्रिकन कप: इजिप्ट र घाना २-२ गोलको बराबरीमा रोकिए

डिसी नेपाल
५ माघ २०८० ८:३०
24
Shares

काठमाडौं। जारी अफ्रिकन कप अफ नेसन्स अन्तर्गत इजिप्ट र घाना बराबरीमा रोकिएका छन्। गएराति सम्पन्न खेलमा इजिप्ट र घाना २-२ गोलको बराबरीमा रोकिएका हुन्।

यस खेलमा इजिप्टका लागि ओमार मर्मोउश र् मोस्ताफा मोहमदले एक एक गोल गरेका थिए भने घानाका लागि मोहमद कुडुसले दुवै गोल गरेका थिए।

यो बराबरी पछि समुह बी मा इजिप्टको २ खेलमा २ अंक रहेको छ। इजिप्ट आफ्नो पहिलो खेलमा पनि बराबरीमा रोकिएको थियो। त्यस्तै घानाको भने २ खेलमा एक अंक भएको छ। यो बराबरीले घानाको राउण्ड १६ मा पुग्ने यात्रा कठिन बनेको छ।

अब समुह चरणको अन्तिम खेलमा मंगलबार घानाले मोजाम्बिकको सामना गर्ने छ भने इजिप्टले केप भर्डेको सामना गर्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *