लघु कथा: कठीन

कृष्ण बोहरा
६ माघ २०८० ६:५०
84
Shares

तुलसाले भनिन्, “पस्नै कठिन हुने ठाउँमा बल्ल बल्ल पस्यो निस्कन कठिन भयो।” तुलसाको कुरा निर्मलीलाई अनौठो लाग्यो।उनले अनौठो मान्दै सोधिन्, “के कुनै मन्दिर तिर पाप धर्म छुट्याउन पस्ने र निस्कने कुनै प्वाल वा क्षण थियो र पसेर निस्कन नसकेको कुरा गरेको हो दिदी?”

“लौ तिमी त अलमलमा परिछौ” पहिलो कुरो पस्न कठिन पसेपछि निस्कन कठिन के हो? तिमीलाई यो गाउँ खाने कथै भयो।उत्तर देउ?” निर्मली वाल्ल पर्दै बसिन् र केही छिनपछि भनिन्, “यस्तो गाउँ खाने कथा त आउँदैन मलाई।ल पास गरे मैले”

“अनेक जाल झेल षड्यन्त्र गर्‍या छ। सधैं मिटिङ भन्या छ। एकछिन फुर्सद छैन। यो बुढेस काला पनि कति दगुर्न पर्ने हो? उहिले यस्तो काममा लाग्नै पर्दैन, छिर्नै पर्दैन भनेको, अहिले छिरे पछि निस्कन कठिन भयो”

आफ्नै बुढाको राजनीतिको लगावदेखि वाक्क थिइन् तुलसा। तैपनि उनी साथीहरुसँग हसी मज्जा गर्न खप्पिस थिइन्। निर्मलीले कुरा बुझेकीले हास्दै सहमति प्रकट गरिन्।

हाँस्दै तुलसाले पनि भनिन्, “सत्ताको लिप्सा यस्तै हुने रहेछ पहिलो कुरो पस्न कठिन पसेपछि निस्कन कठिन”।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *